धुर्मुस सुन्तलीको अभियानमा कलाकारदेखि खेलाडी सबैको साथ

 फागुन १६, २०७५ बिहिबार ६:३६:१२ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डाै – ‘धुर्मुस सुन्तली फाउन्डेसन’ले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा नेपाली कलाकार, खेलाडी तथा समाजसेवीहरु पनि सहभागी भएका छन् ।

अभियानमा कलाकार निर शाह, निर्मल शर्मा, सुरजसिंह ठकुरी, अनमोल केसी, प्रदीप खड्काले आफ्नो सहभागीता रहने बताए । यस्तै सीएनएन हिरो अनुराधा कोइरालासहित नेपाली फुटवलका प्रशिक्षक राजु शाक्य, नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेले पनि अभियानमा आफ्नो साथ र सहयोग रहने बताएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनको यूट्युब च्यानलमा भिडियो सार्वजनिक गर्दै उनीहरुले अभियानमा सहभागी भएको जानकारी दिएका हुन् । भिडियोमा कलाकार निर शाहले अठोट नै महत्वपूर्ण विषय भएको भन्दै इमान्दारितासाथ गरिएको अठोट नै इतिहास बन्ने बताएका छन् । 

यही अठोटका साथ आफूहरु पनि ‘धुर्मुस सुन्तली फाउन्डेसन’को अभियानमा सहभागी भएको शाहको भनाइ छ । यस्तै सीएनएन हिरो अनुराधा कोइरालाले अभियान सफल बनाउन भिडियोमार्फत सबै नेपालीलाई हातेमालो गर्न आग्रह गर्नुभएको छ ।

नेपाली फुटवल प्रशिक्षक राजुकाजी शाक्यले सबैले एकजुट भएर अभियानलाई सार्थक बनाउनुपर्ने बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले यो अभियान प्रति उत्साहित भएको बताउँदै तोकिएकै मितिमा रङ्गशाला निर्माण भए आफू पनि त्यस मैदानमा खेल्न पाउने इच्छा प्रकट गरेका छन् । 
उपकप्तान ज्ञानेन्द्र मल्लले धुर्मुस सुन्तली फाउन्डेसनको लागि आफूसँगै सम्पूर्ण नेपाली राष्ट्रिय क्रिकेट टिमको साथ रहेको बताएका छन् ।

यस अभियानमा हास्य कलाकार निर्मल शर्मा पनि सहभागी भएका छन् । उनले धुर्मुस सुन्तली सधै नेपाल र नेपालीको विकास सोच्ने कलाकार भएको बताएका छन् । यस्तै गायक धिरज राईले नेपाललाई विश्वमाझ पुर्याउन ‘धुर्मुस सुन्तली फाउन्डेसन’को अभियान महत्वपूर्ण भएको भन्दै अभियानमा सहभागिता जनाएका छन् । 

अभिनेता अनमोल केसीले यस अभियानलाई समर्थन गर्न पाउँदा आफू खुशी भएको बताए । उनले नेपालमा प्रतिभावान खेलाडीहरूले अवसर नपाएको भन्दै सबै नेपालहरुलाई यस अभियानमा सहभागी हुन आग्रह समेत गरेका छन् । 

अभिनेता प्रदिप खड्काले पनि नेपाली खेल र खेलाडीहरुको भविष्य सुनिश्चि गर्नको लागि यो अभियानलाई सार्थकता दिनु हरेक नेपालीको कर्तव्य भएको बताएका छन् । अघिल्लो महिना निर्माणको औपचारिक घोषणा गरेको फाउन्डेसनले दुई वर्ष भित्र रंगशाला तयार गर्ने लक्ष्य लिएको छ ।
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया