कर्णाली रारा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अनियमितता भएकाे ठहर

 फागुन १९, २०७५ आइतबार २०:३९:४७ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली रारा पर्यटन वर्षको उद्घाटन कार्यक्रममा अनियमितता भएको पाइएको छ ।

कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रममा सार्वजनिक लेखा समितिले गरेको छानबिनको क्रममा अनियमिता भएको पाइएको बताएको छ ।  

उद्घाटन कार्यक्रममा ४६ लाख रुपैँया खर्च गर्न अख्तियारी दिइए पनि त्यसको दोब्बर खर्च भएको समितिले जनाएको छ । लेखा समितिले छानबिनका लागि सदस्य करविर शाहीको संयोजक्त्वमा छानबिन समिति गठन गरेको थियो ।

लागत अनुमानबिना नै मन्त्रालयलाई खर्च गर्न दिइएको, कतिपय मन्त्रालयहरुले तोकिएको रकमभन्दा दोब्बर खर्च गरेको पाइएको उपसमितिका करविर शाहीले जानकारी दिनुभयो ।

यस्तै सरकारले संसदमा प्रस्तुत गरेको खर्च,  छानबिन समितिलाई उपलब्ध गराएको खर्च विवरण र महालेखा परीक्षकको प्रतिवेदनमा  फरक खर्च विवरण देखिएको छ । सरकारले सदनमा उपलब्ध गराएको ४९ लाख ४१ हजार ७ सय ९५ रुपैँया खर्च विवरण रहेको छ । 

महालेखा परीक्षकको प्रतिवेदनमा ८७ लाख १८ हजार ९ सय ७३ रुपैयाँ ७९ पैसा खर्च भएको देखाएको छ भने लेखा समितितिलाई बुझाइएको खर्चविवरणमा ७८ लाख १४ हजार ६ सय ५८ रुपैँया ५६ पैसा रहेको छ ।

फरक फरक विवरण उल्लेख गरिनु र सार्वजनिक खरिद ऐन  विपरित खर्च गर्नुले सहजै अनियमिता भएको पुष्टी भएको उपसमितिले बताएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा प्रस्तुत गरेको  ४९ लाख ४१ हजार ७ सय ९५ रुपैँया खर्चलाई आधिकारिक खर्च विवरण मान्ने पनि समितिले निष्कर्ष निकालेको छ ।

गएकाे वैशाख १ गते रारामा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटन गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया