१५ वर्षपछि नेपालगञ्जमा यम बरालको प्रस्तुति

 फागुन २४, २०७५ शुक्रबार १९:४१:४९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – गायक यम बरालले  १५ वर्षपछि नेपालगञ्जको कार्यक्रममा आफ्नो प्रस्तुति दिएका छन् । 

१५ वर्षपछि नेपालगञ्जमा आफ्नो प्रस्तुति दिएका गायक बरालले दर्शकको मन जित्ने गरी आफ्ना पुराना गीत सुनाए । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवमा शुक्रबार दर्शकहरुले फरक गीतबाट मनोरन्जन लिए ।

२०६० सालपछि बराल प्रादेशिक महोत्सवमा सहभागी हुन नेपालगन्ज आएका थिए । सुगम संगीतमा निकै चर्चित गायक बरालले ‘निष्ठुरीले छाडेर गइहाली’, ‘हेर हेर पूर्वबाट’, ‘इलाम बजार ढाकिँदा’ जस्ता गीतहरु गाएका थिए ।

शुक्रबार दर्शकले घचाघच भरिएको महोत्सवस्थल दोहोरी गायक पशुपति शर्माका कारण पनि विशेष रह्यो । उनका गीत सुन्दै दर्शकहरु नाँचे । नारी दिवससमेत परेका कारण उनले मनोरन्जनका लागि मात्र नभई अधिकारसँग जोडिएका गीत पनि गाए ।

महाेत्सवमा कला लम्साल, म्याक्सिम खातीले सांगीतिक प्रस्तुति दिएका थिए । 


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया