श्रीमती हत्या गर्ने व्यक्तिलाई जन्मकैदकाे फैसला

 फागुन २६, २०७५ आइतबार २०:५:३९ | अमर सुनार

दैलेख – श्रीमतीको हत्या गरेको ठहर गर्दै दैलेख जिल्ला अदालतले नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई २० वर्ष कैदको फैसला सुनाएको छ । 
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासले आइतबार यस्ताे फैसला गरेको दैलेख जिल्ला अदालतका प्रवक्ता बिनोद आचार्यले जानकारी दिनुभयो । २०७४ साउन २ गते कान्छी श्रीमती हरिकला बस्नेतलाई कुटपिट गरी ज्यान गएपछि बार्दलीमा झुण्ड्याएको भन्ने प्रहरी अनुसन्धान र चिकित्सकको प्रतिवेदनबाट अभियोग पुष्टि भएको फैसला लेखिएको छ । 

झुण्डिएर ज्यान गएको भन्ने दैलेख जिल्ला अस्पतालको पोष्टमार्टम रिपोर्ट र दलबहादुरले हत्या गरेको आरोप अस्वीकार गरे पनि घटनास्थलमा खिचिएको रंगीन फोटो, टेलिफोन सम्वादको कल रेकर्ड र विधिविज्ञान प्रयोगशालाको विशेषज्ञ चिकित्सकको प्रतिवेदनले हत्यापछि झुण्ड्याइएको प्रमाणित भएकाे फैसलामा व्याख्या गरिएको छ ।

घटनामा दलबहादुर बस्नेतकी जेठी पत्नी ५७ वर्षीया रामसरा बस्नेतको समेत संलग्नताको आरोप लगाइए पनि अदालतले उनको संलग्नता नपाइएको भन्दै सफाइ दिएको छ । 

प्रहरी अनुसन्धानको क्रममा २४ दिन हिरासतमा बसे पनि थुनछेक बहसपछि नै रामसरालाई तारेखमा छोडिएको थियो । मुख्य आराेपित दलबहादुरलाई भने पुर्पक्षका लागि कारागारमा थुनामा राखिएको थियो ।   
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया