सीके राउतको प्रदर्शन आपत्तिजनक : कमल थापा

 फागुन २७, २०७५ सोमबार १३:१७:११ | गोविन्द शर्मा
unn.prixa.net

नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउत समूहले जनकपुरमा गरेको प्रदर्शन आपत्तिजनक भएको बताउनुभयो । 

सरकारसँग भएको सम्झौताको मसी सुक्न नपाउँदै विखण्डनको नारा लाग्नु, देश टुक्राउने ब्यानर, प्लेकार्ड र झण्डासहित प्रदर्शन हुनु र सरकार मौनदर्शकको रुपमा रहनु भर्त्सनायोग्य भएको भन्दै उहाँले टिप्पणी गर्नुभयो ।
 
मिडिया नेपालले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले सहमतिमा प्रयोग भएका दुई अर्थ लाग्ने भाषाले जनतामा आशंका बढाएकाले सरकारले यसबारे पस्ट पार्नुपर्ने माग गर्नुभयो । 

जनअभिमत भन्ने शब्दलाई सीके राउत समूहले जनमत संग्रहको रुपमा व्याख्या गरिरहेको बताउँदै अध्यक्ष थापाले आवधिक निर्वाचन भए पनि राष्ट्रिय अखण्डता, सार्वभौमिकता  स्वतन्त्रता कुनै पनि निर्वाचनबाट एजेण्डा बनाउन नसकिने स्पष्ट पर्नुभयो । 

सहमतिमा राउत समूहले विखण्डनको एजेण्डा छोडेको भनेर कहीँ पनि उल्लेख नभएको भन्दै उहाँले गम्भीर आशंका जन्माएको बताउनुभयो ।

अध्यक्ष थापाले फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको राष्ट्रिय स्वाभिमान यात्रा चैत १ गते राजधानी पुगेर समापन हुने र त्यसै दिन केन्द्रीय कार्यसमितिको बैठकले संघर्षका कार्यक्रम तय गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया