वार्तामा आए विप्लवलाई रातो कार्पेट ओछ्याएर सरकारले स्वागत गर्छ : मन्त्री बाँस्कोटा

 फागुन ३०, २०७५ बिहिबार १७:१२:४५ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – सरकारले  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेको बताएको छ ।  

फागुन १३, १५, १९ र २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले शान्तिपूर्ण वार्ताबाटै निकास चाहेको बताउनुभयो । 

मन्त्री बाँस्कोटाले विप्लव नेतृत्वको पार्टीलाई नभै उसका आपराधिक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएको पनि स्पष्ट पार्नुभयो । हिंसा र ज्यादतिको उन्माद सैह्य नभएको साथै आपराधिक क्रियाकलामा संलग्न जोसुकैलाई पनि सरकारले सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत रहेर कारबाही गर्ने पनि उहाँले बताउनुभयो । 

विप्लव नेतृत्वको नेकपालाई  हातहतियार बुझाउन सरकारकाे ३५ दिने अल्टिमेटम

सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन समूहसँग गरिएको सहमतिको प्रसंग निकाल्दै सञ्चार मन्त्री बाँस्कोटाले विप्लवलाई पनि त्यस्तै स्वागत गर्न सरकार आतुर रहेको बताउनुभयो । 

विप्लव नेतृत्वको नेकपालाई पटक–पटक वार्ताका लागि पहल गर्दा पनि बेवास्ता गरेको बताउँदै मन्त्री बाँस्कोटाले अझै पनि वार्तामा आए रातो कार्पेट नै ओछ्याएर नै स्वागत गर्ने बताउनुभयो । 

मन्त्री बाँस्कोटाले कुनै पनि राजनीतिक समस्याको समाधान वार्ता र छलफलबाटै होस् भन्ने सरकारले चाहेको पनि बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया