जनकपुरमा पूर्व राजा ज्ञानेन्द्रले भने : मधेस होइन, तराई भन्नुस्

 चैत १, २०७५ शुक्रबार १८:४:५७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – पूर्व राजा ज्ञानेन्द्र शाहले मधेसलाई तराई भन्न आग्रह गर्नुभएको छ । शुक्रबार दिउँसो जानकी मन्दिर दर्शन गर्न आउनु भएका पूर्व राजा ज्ञानेन्द्रले मधेसको अवस्था कस्तो लाग्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा भन्नुभयो, ‘मधेस होइन तराई भन्नुस् ।’

सञ्चारकर्मीको अर्को जिज्ञासामा उहाँले वर्तमान नेतृत्वप्रति नागरिक असन्तुष्ट रहेको सहजै बुझ्न सकिने बताउनुभयो । जानकी मन्दिरमा पूजाअर्चनापश्चात पूर्व राजा ज्ञानेन्द्रले देशमा शान्ति र नागरिकको भलो चाहेको प्रतिक्रिया दिनुभयो ।

जानकी मन्दिरमा पुगेपछि राप्रपाका नेता कार्यकर्ता तथा समर्थकहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । उहाँलाई स्वागत गर्न सहभागीहरु फूलमाला र राजारानीको फोटोसमेत लिएर कुरेका थिए ।

आफ्नो पक्षमा माहोल बनाउन बुधबार जनकपुर आएका पूर्व राजा ज्ञानेन्द्र बिहीबार धनुषाको महेन्द्रनगर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, गम्हरिया, कविलासी, मलंगवालगायतका स्थानमा आफ्ना समर्थकसँगको भेटघाटमा व्यस्त हुनुहुन्थ्यो ।

 

उहाँ शनिबार उदयपुर पुगेर पुनः जनकपुर फर्केपछि आइतबार काठमाण्डौ फर्कने कार्यक्रम रहेको जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया