पाल्पाका ३४ विधार्थी एर्सईई परीक्षा दिनबाट वञ्चित

 चैत २, २०७५ शनिबार ८:१:५५ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाका ३४ जना विधार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिन नपाउने भएका छन् । 

विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट वञ्चित हुनुपरेको शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाले जनाएको छ । 

यही चैत्र १० गतेदेखि सुरु हुने एसईई परीक्षामा पाल्पाबाट पाँच हजार ३८ विद्यार्थी  सहभागी हुँदैछन् ।  

नियमिततर्फ छात्र दुई हजार ३७५ र छात्रा दुई हजार ५६१ गरी चार हजार ९३६ र पूरक ग्रेड वृद्धितर्फका पुराना ३५, नयाँ ६७ जना गरी जम्मा १०२ जना गरी जम्मा पाँच हजार ३८ सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिनुभयो । 

सामुदायिक १११, संस्थागत २० र खुला एक गरी जम्मा १३२ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जिल्पाका २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया