पूर्व राजा ज्ञानेन्द्रको सक्रियताबारे देउवा भन्छन् : बिचरा हटिसके, उनको बारेमा केही भन्नु छैन

 चैत २, २०७५ शनिबार ११:३:३८ | देव पचभैया
unn.prixa.net

पाल्पा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीके राउतसँग सम्झौता गरेर सरकारले राष्ट्रघाट गरेको आरोप लगाउनुभएको छ ।

प्रेस युनियन पाल्पा शाखाले शनिबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेसलाई नयाँ देश भन्दै  हिँडेका राउतसँग सम्झौता गरेर गलत काम मात्रै गरिरहेको सरकारले झन नराम्रो काम गरेको बताउनुभयो । 

विप्लव नेतृत्वको माओवादीले हत्या हिंसा छोडेर वार्तामा आउनुपर्नेमा जोड दिँदै पूर्व प्रधानमन्त्री देउवाले वर्तमान सरकारको यस्तै रबैया रहे काग्रेस सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।  प्रतिपक्ष भए पनि रेलिङ भाँच्ने, नागरिकलाई दुःख दिने पार्टी नभएकाले काग्रेस सशक्त आन्दोलनमा नआएको तर हरेक क्षेत्रलाई नियन्त्रण गर्ने गरी सरकार अघि बढेकाले अब काग्रेस चुप लागेर नबस्ने देउवाको भनाइ छ । उखान टुक्काले देश चल्न नसक्ने भन्दै हत्या हिंसा  बढेको बेला कारबाही गर्नुको साटो सरकारले अपराधीलाई झन बचाउने र लुकाउने काम गरिरहेको उहाँको आरोप छ । 

‘नेपाली कांग्रेस हिन्दू राष्ट्रको सवालमा संविधानमा जे छ, त्यहीमा प्रतिबद्ध रहेको छ’, देउवाले फरक प्रसंगमा भन्नुभयो । शशांक कोइराला, शेखर कोइरालाहरु त हिन्दू राष्ट्रको पक्षमा लाग्नु भएको छ नि भन्ने प्रश्नमा सभापति देउवाले भन्न्नुभयो, ‘यलाई के भन्ने मैले, उहाँकै काका गिरिजाबाबुले ल्याउनुभएको हो, यसका बारेमा  उहासँग कुरा गर्नुभएको रहेनछ कि क्याहो ? थाहा भएन ।’

पार्टीको अधिवेशन आएकाले पार्टीका नेता रामचन्द्र पौडेलले आफ्नो विरोध गरेको भन्ने कुरालाई आफूले खासै ठूलो कुरा नमानेको भन्दै उहाँले ‘शेरबहादुर राम्रो भन्यो’ भने चुनाव लड्न नमिल्ने भएकाले विरोध गरेको बताउनुभयो  । केही मानिसले स्वागत गरे भन्दैमा पूर्व राजा ज्ञानेन्द्र हावी हुन खोजेको भन्ने कुरा गलत भएको उहाँको भनाइ छ । ‘बिचरा हटिसके, उनको बारेमा केही भन्नु छैन । देश सबैको हो, घुम्ने कुरा सामान्य हो’, देउवाले भन्नुभयो 

शनिबार दिउँसो तानसेनमा हुने कांग्रेस निकट नेपाल मगर संघको ५ नम्बर प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्न देउवा पाल्पा आउनुभएको हो । देउवासँगै पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत, नेताहरु बालकृष्ण खाँड, भीष्मराज आङ्देम्बेलगायतका नेताहरु पनि पाल्पा आएका छन् ।  


 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया