चुँडिएको १६ वर्षसम्म पनि बनेन सल्यानकाे झोलुंगे पुल, स्थानीयलाई सास्ती

 चैत २, २०७५ शनिबार १६:३६:५८ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको शारदा नगरपालिका १५ थाङनेखोला र शिद्ध कुमाख गाउँपालिका–१ पटारे जोड्ने झोलुंगे पुल चुँडिएको १६ वर्षसम्म पनि बन्न सकेको छैन । पुल बन्न नसकेपछि स्थानीय बासिन्दाहरुले समस्या झेल्दै आएका छन् । 

पुल बन्न नसक्दा स्थानीयले ज्यान जोखिममा राखेर खोला तर्ने गरेको स्थानीय  त्रिभुवन कवरले बताउनुभयो । वर्षामासमा ज्यान जोखिममा राखेर खोला तर्छाैं,’  कवरले भन्नुभयो,‘अन्य समयमा भने काठको अस्थायी पुल बनाएर खोला वारपार गर्छौँ ।’ 

उहाँले नुनदेखि सबै कुरा खोला तरेर किन्न जानुपर्ने हुँदा पुल नहुँदा स्थानीयले निकै सास्ती भोग्नुपरेको बताउनुभयो । 

‘गाउँघरको सबै बेच्न खोला पारी जानुपर्छ,’ उहाँले थप्नुभयो, ‘बजारदेखि सडक यातायात पनि खोलापारी भएकोले पुल नहुँदा निकै समस्या छ ।’ 

१६ वर्ष अघि सो पुल स्थानीयहरु यात्रा गरिरहेको बेला चुँडिएको थियो । तत्कालिन माओवादीले सेनालाई लक्षित गरी पुलको एकतर्फको तार काटिदिएका कारण स्थानीयले यात्रा गरेको बेला पुल चुँडिदा एकजनाले ज्यान गुमाएका थिए । 

पुलको पुनर्निर्माणको लागि राजनितिक दलका नेताहरुले पटक पटक चुनावी एजेन्डा बनाए पनि पुलको पुनर्निर्माणका लागि कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । 

२०५९ सालमा पुल चुँडिदा स्थानीय बुद्धिमान रावलको ज्यान गएको थियो भने केही घाइते भएका थिए । चुँडिएको पुल मर्मत नभएपछि लामो समयसम्म वेवारिसे रहेका पुलका सामाग्री समेत हराएका छन् । 

स्थानिय समाजसेवी विष्णु न्यौपानेले पुल नभएका कारण दैनिकजसो विद्यालय जाने बालबालिका बढी प्रभावित बनेको बताउनुभयो । 

यता शारदा नगरपालिका १५ का अध्यक्ष हेमेन्द्र सेजुवालले पुलको लागि आफूले केही ठाउँमा कुरा गरेको भए पनि अहिलेसम्म सफल नभएको बताउनुभयो । 

उहाँले पुल अति आवश्यक भएकोले पुनर्निर्माणमा सहयोगको लागि सबैलाइ आग्रह पनि गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया