पीडित पक्षका भन्छन्- वडाध्यक्षले धम्क्याए, वडाध्यक्ष भन्छन्- धम्क्याएकाे हाेइन कुरा मिलाउँ मात्र भनेकाे !

 चैत ११, २०७५ सोमबार १९:१४:४४ | अमर सुनार
unn.prixa.net

दैलेख – यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका भैरबी गाउँपालिका–६ कुसापानीका ४९ वर्षीय शशीराम पुरीको बचाउ गर्दै आफूहरुलाई वडाध्यक्ष डिल्लीराम पुरीले धम्क्याएको पीडित पक्षले आरोप लगाएका छन् । 

फागुन १९ गते घर नजिकै काउले डाँडाको खोल्सामा डालेघाँस काट्न मद्दतका लागि बोलाएर ४७ वर्षीया एक महिलालाई बलात्कारको उद्देश्यले जबर्जस्ती गरेको विषयमा प्रहरी उजुरीका आधारमा फागुन २३ गते पक्राउ परेका आरोपितलाई जोगाउन वडाध्यक्षले प्रयत्न गरेको पीडित पक्षका रमेश मगरले बताउनुभयो । 

वडाध्यक्ष पुरीले सुरुमा जिल्ला प्रहरी कार्यालयमा उजुरी आउन नदिन पनि दबाब दिएको र उजुरी दर्ता भइसकेपछि घरमा अनावश्यक तनाव दिने गरेको पीडित पक्षले बताएका छन् । 

यही विषयमा अहिले कोरियामा भएका आरोपितका जेठा छोरा रोज पुरीले यसको बदला लिने भन्दै फेसबुकमा स्टाटस लेखेकोसमेत पीडित पक्षले जनाएका छन् ।

रोजले फागुन २६ गते फेसबुकमा लेखेको स्टाटसमा ‘म फर्किएर आउदाँसम्म बाँचे, उल्टाे दिन गन्न मलाई नि आउँछ । बदला लिन्छु,’ भनी खुला चुनौती दिएकाे बताइएकाे छ । 

‘बलात्कार भएको छैन, प्रयत्न मात्र गरेको रहेछ, यसलाई यतै मिलाउन सकिन्छ भने मिलाऊँ भनेको चाहिं हो तर धम्क्याएको होइन,’ वडाध्यक्ष पुरीले प्रतिक्रिया दिनुभयो ।

यसबारे सोध्दा जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले लिखित जानकारी आए कारबाही अगाडि बढाइने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया