प्रदेश २ मा दिनहुँ बलात्कारका घटना

 चैत १४, २०७५ बिहिबार १३:२२:७ | शैलेन्द्र महतो

धनुषा  – प्रदेश २ मा दिनैपिच्छे बलात्कारको घटना हुन थालेको छ । छोरीहरुलाई बचाउन तथा पढाउन प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान थालेको छ । तर प्रदेश २ मा छोरीहरु भने झनै असुरक्षित हुँदै छन् । गएको तीन दिनयता प्रदेशका  विभिन्न जिल्लाहरुमा तीन जना बालिका बलात्कृत भएका छन् ।

बुधबार  राति सर्लाही ईश्वरपुर नगरपालिका ९ की १७ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । बलात्कार आरोपमा स्थानीय १९ वर्षीया राजन कुमार महतो सुडी पक्राउ परेका छन् । सुडीले किशोरीलाई डर त्रास देखाएर आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगञ्जबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

यस्तै गएको मंगलबार मात्र प्रदेश २ कै सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाएँपालिका ३ की एक १६ वर्षीया किशोरीमाथि बलात्कार भएको थियो ।  बलात्कारको आरोपमा सिरहा कल्याणपुर नगरपालिका ११ बस्ने २१ वर्षीय सञ्जीपकुमार राउतलाई प्रहरीले इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट गएको टोलीले पक्राउ गरेको थियो ।
 
त्यस्तै सोमबार साँझ गाईबस्तु चराउन गएकी धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ की १८ वर्षीया किशोरीलाई बलात्कार गर्ने प्रयास भएको थियो ।

बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा सिन्धुलीको दुधौली नगरपालिका ७ कालापानीका ४५ वर्षीय मदन लामिछानेलाई चिसापानी प्रहरीचोकीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया