परीक्षा स्थगित भएको आक्रोशमा विद्यार्थीको प्रदर्शन

 चैत १५, २०७५ शुक्रबार १०:२३:२८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – एसईई अन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएपछि पूर्व निर्धारित शुक्रबार हुने अनिवार्य समाजिक विषयको रेगुलरतर्फको परीक्षा परीक्षा बोर्डले स्थगित गरेको छ ।

नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै आक्रोशित परीक्षार्थीले पीडारीचोकमा प्रदर्शन गर्नुको साथै केही सवारीसाधनमा तोडफोड समेत गरेका छन् ।

उनीहरुले पीडारीचोकमा टायर बालेर प्रदर्शन गर्न थालेपछि अहिले एकघण्टादेखि सडक अवरुद्ध भएको छ ।
अहिले पीडारीचोकको अवस्था तनावग्रस्त रहेको छ । विद्यार्थीको भविष्यसँग खेलबाड गरेको भन्दै जनकपुरको भानुचोकमा बिहान परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।

सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै बाहिरिएपछि अनिवार्य समाजिक विषयको रेगुलर तर्फको परीक्षा स्थगित गरेको छ ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया