माथिल्लो तामाकोशीको सेयर निष्काशन प्रक्रिया रोक्न नागरिक समाजको आग्रह

 असार १३, २०७५ बुधबार १९:४७:४७ | उषा तामाङ
unn.prixa.net

दोलखा – प्रतिकुल परिस्थितिमा आब्हान गरिएको सेयर निष्काशन प्रक्रिया तत्काल रोक्न दोलखा नागरिक समाजले आग्रह गरेको छ ।

समाजले मंगलबार माथिल्लो तामाकोशी हाइड्रो पावर लिमिटेडले दोलखाबासीका लागि गरेको सेयर आह्वान प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
नागरिक समाजले आर्थिक वर्षको अन्तिम समय, वर्षायाम र बाढी–पहिरोको जोखिमका कारण कतिपय बस्तीका नागरिकहरुको शहर बजारसम्म सहज पहुँच हुन नसक्ने तथा किसानहरु खेतीपातीमा ब्यस्त रहने बेला निष्काशन गर्न लागिएको सेयर तत्काल रोक्न माग गरिएको हो । 

वर्षायाम सकिएपछि मात्रै दोलखाबासीका लागि सेयर निष्काशन गर्न, पुनः सेयर आह्वान गर्दा सेयर आवेदन भर्ने समय अवधि कम्तिमा एक महिना राख्न, जिल्लाका सबै स्थानीय सरकारका वडा तहसम्म बैंक तथा वित्तीय संस्थासँग साझेदारी गरी त्यसैमार्फत सरल र सहज ढंगले सेयर आवेदन फारम भर्ने व्यवस्था मिलाएर मात्रै सेयर निष्काशन गर्न माग गरिएको छ । 

वैैदेशिक रोजगारीमा गएका दोलखालीलाई अनलाइनबाटै सहज आवेदन भर्ने व्यवस्था मिलाउनुका साथै राजधानी काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लामा ठूलो संख्यामा रहेका दोलखाका नागरिहरुलाई मातहतकै जिल्लाबाट सेयर आवेदन भर्ने व्यवस्था मिलाउन र सेयर आब्हान पत्र सार्वजनिक गर्नुपूर्व सेयर आवेदन भर्ने विधि र प्रक्रियाका बारेमा आमसञ्चार माध्यमहरु मार्फत सर्वसाधारणलाई जानकारी गराउन भनेको छ । 

प्रेश विज्ञप्तिमा नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्के, जनहित नागरिक समाज दोलखाका लक्ष्मण खड्का, नेपाल नागरिक समाजका केन्द्रिय सदस्य दिपशंकर चौलागाईलगायतले हस्ताक्षर गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया