यूएईमा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन दूतावासका प्रतिनिधि क्याम्पमा

 चैत २१, २०७५ बिहिबार १६:४:२२ | उमाकान्त पाण्डे

यूएई – नेपाली दूतावास यूएईले मजदुर क्याम्पमा जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ । 

कामदार बस्ने क्याम्पमा वा कार्यस्थलमै पुगेर आफ्ना नागरिकलाई यहाँको कानुन तथा गर्न हुने र नहुने विषयमा जानकारी दिने उदेश्यले जनतेचनामुलक काम थालिएको दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

बुधवार साँझ आबुधाबीमा रहेको इमदाद गल्फ क्याटेरिङ्ग सर्भिसेस् कम्पनीको क्याम्पमा पुगेर त्यहाँ उपस्थित ४० जना नेपालीकाबीच दूतावासले कार्यक्रम गरेको छ। 
यो कम्पनीमा झण्डै २ सय नेपाली कार्यरत रहेको र अहिलेसम्म कम्पनीमा समस्या नभएको कमदारले दूतावास प्रतिनिधिलाई बताएका छन् । 

पैसा कमाएर बचाउने र त्यसलाई सही ठाउँमा कसरी प्रयोग गर्ने,  पैसा पठाउदा बैधानिक बाटो अपनाउनु पर्ने, कामदारलाई पर्ने समस्या र समस्या पर्दा अपनाउन सकिने उपायका विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।

साथै रक्सी पिउँदा हुने जोखिम र यहाँको कानुन अनुसार पर्ने समस्याका बारेमा पनि कार्यक्रममा छलफल गरिएको श्रम सहचारी मोतिराम भुसालले बताउनुभयो । 

विदेश आउनुअघि अभिमुखीकरण तालिममा दूतावासको सम्पर्कमा रहिरहन भने पनि यूएई आएको १७ महिना हुँदा पनि एक पटक दूतावासको बारेमा सोधिखोजी नगरेको धादिङका रमेश त्रिपाठीले बताउनुभयो । ‘आफूले त दूतावासको खोजी कहिले पनि गरिएको थिइनँ, तर आज दूतावास आफैं हामीलाई खोज्दै आयो, खुशी लाग्यो,’ उहाँले भन्नुभयो ।

गएको वर्षदेखि दूतावासले कम्पनीका क्याम्पमै प्रत्यक्ष कामदारसँग सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । यसरी गरिने कार्यक्रम थोरै बजेटमा धेरै ठाउँमा गर्न सकिने र सिधै कामदार समक्ष जानकारी पुग्ने भएकाले थप प्रभावकारी हुने दूतावासको विश्वास छ ।


 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया