बारा र पर्साका हावाहुरी पीडितका लागि कर्णाली प्रदेशले १ करोड दिने

 चैत २३, २०७५ शनिबार १९:२०:५३ | मुना हमाल
unn.prixa.net

सुर्खेत- कर्णाली प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावित पीडितको लागि एक करोड सहयोग गर्ने भएको छ ।

शनिबार बसेको मन्त्रीपरिषदको बैठकले राहत स्वरुप एक करोड दिने निर्णय गरेको हो । गएको आइतबार आएको हावाहुरीका कारण प्रभावित पीडितका लागि सरकारले राहत दिने निर्णय गरेकाे हो ।

सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशको तर्फबाट राहत स्वरुप एक करोड दिने निर्णय गरिएको जानकारी दिनुभयो । ‘आज मन्त्रीपरिषदको बैठक बसेर हामीले १ करोड दिने निर्णय गरेका छौँ ’ उहाँले भन्नुभयो, ‘यसमा हावाहुरी प्रभावितका लागि थोरै भएपनि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’।

यस अघि नेपाली कांग्रेसका सांसदहरुले आफ्नो तबल दिएका थिए । संसदीय दलका नेता जीवनबहादुर शाहीले ७ दिनको र अन्य सांसदहरुले चारचार दिनको तलब दिएका हुन् । 

यस्तै शनिबार नै बसेको मन्त्रीपरिषद बैठकले कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा  स्तराेन्नति गर्ने निर्णय गरेको छ । ५० शैयाको अस्पतालाई शिक्षण अभ्यासहितको तीन सय शैयामा स्तराेन्नति गर्ने निर्णय भएको हो ।  

विकासमन्त्री दल रावलले प्रदेशकै सुविधासम्पन्न अस्पतालका रुपमा विकास गर्न लागेको बताउनुभयो । यसका लागि मन्त्रालयले ५० करोड बजेटको व्यवस्थापन गरेको छ ।

‘शिक्षण अस्पतालसहितको तीनसय शैयाको अस्पताल बनाउनका  लागि निर्णय गरेका छौँ । यसका लागि आवश्यक प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ’ उहाँले भन्नुभयो, ‘हामीले कर्णँलीका नागरिकलाई बाहिर जानुनपर्ने गरी सुविधासम्पन्न अस्पतालका रुपमा विकास गछौँ  ।’ 
  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया