यूएईमा डम्फू साँझ हुँदै

 बैशाख १, २०७६ आइतबार १३:२८:५७ | उमाकान्त पाण्डे

यूएई – तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको संरक्षणका लागि यूएईमा डम्फू साँझ हुनेभएको छ । 

तामाङ गीत संगीतदेखि चलन चल्तीको चाडपर्व, रीतिरिवाजमासमेत प्रयोग हुने डम्फूको पहिचान ओझेलमा परेको भन्दै डम्फूको प्रचारप्रसार र सांस्कृतिक जगेर्ना गर्न डम्फू साँझको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

‘हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान’ भन्ने मूल नाराकासाथ यही वैशाख ६ गते अर्थात् अप्रिल १९  शुक्रबार दुबईमा डम्फू साँझ गर्न लागिएको हो ।

डेरा दुबईमा रहेको कार्ल्टन टावर होटलमा हुन लागेको साँझमा नेपालबाट तामाङ चलचित्रदेखि सेलो जगतका कलाकार यूएई आउने कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी दिनुभयो । 

सेलो गायिका इन्दिरा गोले, जितु लोप्चन, गायकहरु विश्व दोङ, फूलकुमार बम्जन, म्हेन्दोमाया गायक सुमन घले, तामाङ,  नायक तथा निर्माता अमिर दोङ तामाङ, नायिका सुनिता लुङ्बा, सुस्मा मोक्तानलगायत कार्यक्रमका लागि यूएई आउनेछन् । 

यूएईमा हरेक साता कार्यक्रम भइरहने भए पनि फरक नाम र पहिलो पटक हुन लागेको डम्फू साँझ भने पहिलो पटक हुन लागेको हो । डम्फू साँझ कार्यक्रमका लागि तामाङ समुदायमा सक्रिय युवाहरुले अलग्गै समिति बनाएर काम गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया