प्रदेश २ मा आज सार्वजनिक बिदा

 बैशाख २, २०७६ सोमबार ८:१०:१४ | शैलेन्द्र महतो

धनुषा - प्रदेश २ सरकारले आज वैशाख २ गते, साेमबार जुडशितल पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्रीले विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा आज अर्थात् वैशाख २ गते सोमबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराउनु भएको हाे ।

मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा उमेर र मर्यादामा ठूला व्यक्तिले सानालाई शीरमा पानी सिंचित गर्दै वर्षभरी शीतलता, सुख, शान्ति, एवं दिर्घायुको कामना गरी आशिर्वाद दिने चलन छ ।

यस्तै रुख, विरुवाहरुमा पानी हाल्नुको साथै खेतमा मलजल गर्ने गरिन्छ । जुडशितलको दिन मिथिलाञ्चलमा थालपानी खेलिन्छ भने घरघरमा मिष्ठान्न परिकार बनाएर खाने चलन छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया