राष्ट्रिय खेलकुद प्रतियाेगिता : नेपाल पुलिस क्लब हक्कीकाे फाइनलमा

 बैशाख ३, २०७६ मंगलबार १४:२२:१० | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपाल पुलिस क्लब नेपालगञ्जमा जारी राष्ट्रिय खेलकुद प्रतियाेगिताअनतर्गत पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक रहेकाे खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशलाई पराजित गरि फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोल भएपछि भएको पेनाल्टीमा समेत ४–४ गोल भएको थियो । त्यसपछि भएको सडनडेढमा  पुलिसले ५–४ गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा पुलिसका  रोमण राणाले ४४ औं मिनेटमा गोल गरी अग्रता दिलाए पनि सुदुरपश्चिमका अमित ओझाले ५३ औं मिनेटमा बराबरी गोल गरेका थिए ।

त्यसपछि भएको पेनाल्टीमा पुलसिका योगेशकुमार बाह्घरे, श्रवण कुमार, केशवराज जोशी र रोमण राणाले गोल गरे भने किसन बहादुर मगरले पेनाल्टीमार्फत गोल गर्न सकेनन् । सुदुरपश्चिम प्रदेशका नवीन क्षेत्री, कान्तुराम पनेरु, रोहित लामा, सुमित कामीले गोल गरे भने राम परियारले गोल गर्न सकेनन् ।

सडन डेथमा पुलिसका रोमण राणा, केशवराज जोशी, योगेशकुमार बाह्घरे, किसनबहादुर मगर र श्रवण कुमारले गोल गरे । सुदुरपश्चिमका तर्फबाट फेरि पनि राम परियारले गोल गर्न नसकेपछि पुलिस विजयी भएको हो । दोश्रो सेमिफाइनल दिउसो ४ बजेपछि मंगलप्रसाद माविको खेल मैदानमा प्रदेश नम्बर ५ र नेपाल आर्मीबीच हुनेछ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया