८औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगञ्जमा भव्य उद्घाटन

 बैशाख ५, २०७६ बिहिबार २२:४५:४७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपालगञ्ज रंगशालामा बिहीबार साँझ ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । 

पुनर्निर्माण गरिएको रंगशालामा आयोजित भव्य समारोहमा राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकास र खेलाडीहरुको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गर्नुपर्ने बताउँदैे  सुविधा सम्पन्न खेलकुदका पूर्वाधार विकास र विस्तारमा जोड दिनुभयो । 

उहाँले खेलाडीहरुको वृत्ति विकासमा यथोचित ध्यान पुर्याउँदै खेलाडीको साथमा राज्य छ भन्ने भावना अझ जागृत गराउन सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराउनुभयो ।  उद्घाटनमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र संघीय सरकारको युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले आ–आफ्ना सरकारले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो ।

राष्ट्रय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले  देशमा लामो समयपछि दुई वर्षभित्रै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने बताउँदै अहिलेको राष्ट्रिय खेलकुद साफ खेलकुदको  छनौट पनि भएको बताउनुभयो ।

 राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा एनआरएन गरी ११ टोलीका खेलाडीबीच प्रतिस्पर्धा भैरहेको छ ।  

प्रतियोगितामा पाँच हजार २११ खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, अफिसियसल, रेफ्री सङ्घ प्रतिनिधि गरी ११ हजारको सहभागिता रहेको छ । 

प्रतियोगिताको उद्घाटन बिहीबार भए पनि चैत २७ गतेदेखि नै खेलहरु सुरु भैरहेका छन् ।  

प्रतियोगिताको उद्घाटनमा बिहीबार साँझ मार्चपाससँगै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । राष्ट्रिय खेलकुदको सन्दर्भ पारेर सातवटै प्रदेशमा पुर्याइएको ओलम्पिक टर्चको  ओलम्पियन सुरेन्द्र हमालले नेपालगञ्ज रङ्गशालामा बाल्नुभयो ।  

खेलाडी, प्रशिक्षक, अफिसियललगायत हजारौं सहभागी कार्यक्रमको उद्घाटनमा आतिसबाजी समेत भएको छ ।  गायिका तथा सांसद कोमल वलीले राष्ट्रिय खेलकुदसम्वद्ध गीत प्रस्तुत गर्नुभएको थियो । 


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया