एसईई दिएर बसेका विद्यार्थीका लागि एनसेलको पहिलो सिम अफर

 बैशाख ६, २०७६ शुक्रबार ९:२२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ ।

यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समावेश छन् ।

विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसईईको प्रवेश पत्र र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान लिएर जानु पर्नेछ ।

पहिलो सिमका अफरहरु :

एसईई सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र १७.७० रुपैयाँमा दैनिक डाटा प्याकहरु : दिनको प्याकमा ३०० एमबी, जुन बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राति ११ बजेदेखि बिहान ७ बजेसम्म कायम रहनेछ ।

सिम सुचारु गरेपछि यदी ग्राहकले ५० रुपैयाँ / वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाको लागि १०० एमबी डाटा र १०० एसएमएस सित्तैमा प्राप्त गर्नेछन् ।

यस्तै माइ फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि  ० पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि जोडिन सक्नेछन् ।

यो पहिलो सिम अफर यही २०७६ वैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरिएको छ । थप जानकारी १७१०३ डायल गरी प्राप्त गर्न सक्नु हुनेछ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया