यूएईमा एक नेपाली कामदारको मृत्‍यु

 बैशाख ६, २०७६ शुक्रबार १७:३७:१५ | उमाकान्त पाण्डे

यूएई - कामका लागि ७ महिना पहिले यूएई आएका एक नेपालीको मृत्‍यु भएको छ ।  

ईन्द्रसरोवर-४, मकवानपुरका रामहरि रुम्बाको गएको मंगलबार ज्यान गएको हो । मंगलबार दिउँसो कम्पनीको काम गरी फर्केर साँझ खाना खाई सुतेका रुम्बाकाे ओछ्यानमै मृत्यु भएकाे हाे ।  बुधबार बिहान ड्यूटी जान नउठेपछि उठाउन खोज्दा ज्यान गैसकेको भेटेको एउटै कोठामा बस्दै आउनु भएका मृतकका काका समिप रुम्बाले जानकारी दिनुभयो । 

सामान्य कामदारको रुपमा काम गर्न नीड इम्प्लोयमेन्ट सर्भिसेसमार्फत फुजेराह डिब्बामा रहेको खानबोली इलेक्ट्रोमेकानिकल कम्पनीमा आउनु भएका सुम्ब्बाको ज्यान जानुको कारण खुलेको छैन । अहिले मृतकको शव खुरफकान अस्पतालमा राखिएको र कम्पन सँग समन्वय गरिरहेको त्यही क्षेत्रमा कार्यरत नवलपुर सेवा समाजका सल्लाहकार शेर सुनारले उज्यालोलाई जानकारी दिनुभयो । 

मृत्‍यु भएका ३० वर्षीय रुम्बाको परिवारमा श्रीमतीसहित ९ वर्षीय छोरा र ४ वर्षीया छोरी हुनुहुन्छ । श्रीमानको ज्यान गएको खबरले मकवानपुरमै रहेकी श्रीमती रजिना रुम्बा अचेत अवस्थामा रहेको परिवारले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया