आफैले बनाएका सेनेटरी प्याड प्रयोग गर्छन् बैतडीका किशोरी

 बैशाख १४, २०७६ शनिबार ११:२०:५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – पछिल्लो समयमा बैतडीका विभिन्न ठाउँका किशोरीहरु र महिलाहरु गाँउघरमै आफै सेनेटरी प्याड बनाएर प्रयोग गर्न थालेका छन् । स्थानीय तहहरु र विभिन्न संघसंस्थाहरुको सहयोगमा प्याड बनाउने तालिम दिएपछि उनीहरु महिनावारी भएको बेला प्याड प्रयोग गर्न थालेका हुन् । 

केही दिनअघि आईडीएस नामक गैरसरकारी संस्थाले जिल्लाको सुर्नया गाँउपालिकामा किशोरीहरुलाई सेनेटरी प्याड बनाउने तालिम दिएको संस्थाका कार्यक्रम संयोजक सुरेन्द्र जैरुले बताउनुभयो । आफ्नो संस्थाले सुरक्षित महिनावारीको बारेमा जानकारी दिनका लागि प्याड बनाउने तालिम दिएको उहाँले बताउनुभयो । 

सेनेटरी प्याड बनाउने तालिम पाएपछि आफूहरुलाई महिनावारी भएको बेला प्याड प्रयोग गर्नका लागि सजिलो भएको सुर्नया गाँउपालिका वडा नम्बर ४ का राजमती भट्टले बताउनुभयो । ग्रामीण क्षेत्रमा प्याड किन्न नपाइने र आफैले बनाउने सीप सिकेपछि महिनावारी भएको बेला सरसफाइमा रहन र स्वस्थ्य रहनसमेत सजिलो भएको उहाँको भनाइ छ । 

सेनेटरी प्याडको प्रयोगले सुरक्षित महिनावारीको अवधारणालाई टेवा पुर्याएको स्वास्थ्य कार्यालय बैतडीको हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका महिलाहरुमा सेनेटरी प्याड बारे जानकारी हुनू एकदमै राम्रो पक्ष रहेको उहाँले बताउनुभयो ।

सेनेटरी प्याड बनाउने तालिम दिएपछि ग्रामीण क्षेत्रका महिलाहरु पनि सेनेटरी प्याड प्रयोग गर्न थालेका र यसले महिलाहरुलाइ स्वस्थ्य रहनसमेत मद्दत गरेको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताउनुभयो ।

महिनावारी भएको बेला प्याडको प्रयोग गर्दा महिलालाई सफाइमा रहन सहयोग पुग्ने उहाँले बताउनुभयो । बैतडीमा पछिल्लो समयमा ग्रामीण क्षेत्रमा महिलाहरु आफै सेनेटरी प्याड बनाएर प्रयोग गर्नेको संङ्ख्या बढिरहेको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया