प्रदेश एककाे निर्णयः धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र  यातायात सेवा केन्द्र स्थापना

 बैशाख १७, २०७६ मंगलबार २०:०:११ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गरिने भएको छ । मंगलबारकाे प्रदेश १ सरकार मन्त्रिपरिषदको बैठकले सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो ।

प्रदेशको नाम र राजधानीको विषय टुङ्गो लाग्दै गर्दा मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो । अहिलेलाई क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीले जानकारी दिए ।

त्यस्तै धनकुटामा नै यातायात व्यवस्था कार्याको सेवा कार्यालय समेत सञ्चालन गर्ने निर्णय गरेको छ । सेवा कार्यालय मार्फत धनकुटासहित तेह्रथुम, भोजपुर र संखुवासभाको कार्यक्षेत्र तोकिएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयाे ।

लामो समयपछि बसेको मन्त्री परिषदको बैठकको १३ वटा कार्यसूचीहरुमा छलफल पछि निर्णयमा पुगेको हो । चैतसम्म मात्र म्याद रहेको कानुन तथा मस्यौदा समितिको म्याद थप गरी असार मसान्तसम्मको लागि तोकिएको छ ।

त्यस्तै विभिन्न प्रदेशका मन्त्रालयमा संघबाट पदस्थापन भएर आएका कर्मचारीहरु ८ तहसम्मलाई सम्बन्धित मन्त्रलयले व्यवस्थापन गर्ने र सो भन्दा माथिल्ला तहका कर्मचारीको सन्दर्भमा मुख्यमन्त्रीको कार्यालयले व्यवस्थापन गर्ने गरी  कर्मचारी पुनस्थापन तथा सरुवा सम्बन्धि कार्यविधिलाई स्वीकृत प्रदान गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

त्यस्तै प्रदेशमा जाँचबुझ आयोग गठन गर्नुपर्ने अवस्थामा त्यसको लागि कानुन बनाउने बारेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत प्रदान गरेकोसमेत आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयाे ।

त्यस्तै मन्त्रिपरिषदको बैठकले समानीकरण अनुदान र सवारी करको बारेमा पनि सरकारले थप गर्ने निर्णय गरेको छ । समानीकरण अनुदानको हाल दिइएको ५० करोडलाई बढाएर १ अर्ब पुर्‍याउने निर्णय गरेको छ । त्यस्तै सवारी साधन करको अनुमानित लक्ष्य पूरा हुने भएपछि त्यसको सीमा पनि बढाउने निर्णय भएको मन्त्री कार्कीले बताउनुभयाे । भौतिक पूर्वाधार विकास मन्त्रालयमा कर्मचारी अभाव भएपछि सेवा करारमा इन्जीनियर र सब-इन्जीनियर राख्न पनि बाटो खुला गरेको छ ।

साफ महिला फुटबलका विजयी खेलाडीलाई समेत नगद प्रदान तथा सम्मान गर्ने, चैतेधान विशेष कार्यक्रम कार्यविधिलाई स्वीकृति प्रदान गर्ने तथा सरुवा भएका प्रदेशका प्रमुख सचिव केदार न्यौपानेको बिदाइ र आएका नयाँ प्रमुख सचिव सुरेश अधिकारीको स्वागत गर्ने मन्त्री परिषदले निर्णय गरेको कार्कीले बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया