विराटनगर राजधानीको विरोधमा चारजना सांसदले लेखे ‘नोट आफ डिसेन्ट’

 बैशाख २२, २०७६ आइतबार २०:४२:४१ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश १काे राजधानी विराटनगर राख्ने विपक्षमा ४ जना धनकुटाका सांसदले संसदीय दलको बैठकमा नोट अफ डिसेन्ट लेखेका छन्  ।

धनकुटालाई राजधानी तोक्नुपर्ने माग राख्दै आएका सांसदहरुले नोट आफ डिसेन्ट लेखेका हुन्  । यसरी नोट अफ डिसेन्ट लेख्ने सांसदहरुमा निरन राई, ईन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ र कमला मादेन रहेका छन् । उनीहरु चारैजना धनकुटाका हुन् । यीनै ४ जनाले धनकुटालाई राजधानी बनाउनु पर्ने प्रस्ताव समेत संसद सचिवालयमा दर्ता गराएका छन् ।

आम नागरिकको चाहना अनुसार आफुहरु विराटनगर भन्दा बाहिरको निर्णयमा जान नसकेर नोट आफ डिसेन्ट लेख्नुपरेको सांसद ईन्द्रमणि पराजुलीले बताउनुभयाे ।

ऐतिहासिक पुरानो क्षेत्रीय सदरमुकामलाई ध्वस्त पार्नेगरी बृहत बिराट क्षेत्रभित्र विराटनगरलाई राजधानी तोकेर जाने दलको निर्णय विरुद्धमा उत्रिनु परेको उहाँको भनाइ छ । त्यसैकाे लागि आफूहरुले २०४८ सालदेखि आन्दोलन गरिरहेकाेले नेकपा जिल्ला पार्टीको निर्णय अनुसार नोट अफ डिसेन्ट लेखिएको पराजुलीले बताउनुभयाे  । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया