मृत्यु भयो भनेर देवघाट लगिएको नवजात शिशु चल्मलाएपछि...

 बैशाख २३, २०७६ सोमबार १५:३४:५४ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल फाेटाे

चितवन – आइतबार बिहान चितवनको चितवन मेडिकल कलेजमा २३ वर्षीया गर्भवती युवती उपचारका लागि आइपुगिन् ।  

अविवाहित ती युवती आठ महिनाकी गर्भवती थिइन् । सुत्केरी गराउनका लागि अस्पतालले विधिअनुसार उपचार सुरु गर्यो । 

१२ बजे छोरी जन्माइन् । जन्मेको बच्चाको स्वस्थ्य अवस्था कमजोर भयो । अवस्था गम्भीर भएकाले अस्पतालले बच्चाको उपचारपछि निको हुने सम्भावना असाध्यै कम भएको बतायो । भर्खरै जन्मिएको बच्चालाई उपचारको मेसो मिलाउनभन्दा पनि बिरामीसँगै गएका आफन्तले अस्पतालमा उपचार नगर्ने बताएपछि अस्पतालले पठाइदियो । 

आफन्तले घर लैजाने भन्दै लिएर हिँडे । बच्चाको मृत्यु भएको  ठानेर देवघाटमा लगी पुर्न तयार भए । खाडल खनेर पुर्न लाग्दा वरिपरि जम्मा भएकाहरुले बच्चा चलमलाएको देखे । जानकारी प्राप्त भएपछि देवघाट पुगेको प्रहरी र आफन्तको सहयोगमा बच्चालाई पुनः अस्पताल ल्याइयो ।

चितवन मेडिकल कलेजमा नै उपचार गरियो । उपचार सफल भएन । सोमबार दिउँसो सवा १२ बजे अस्पतालले बच्चालाई मृत घोषणा गर्यो । घटनापश्चात थप अनुसन्धानका लागि प्रहरीले युवतीकी आमालाई प्रहरी कार्यालयमा राखेको छ ।

अविवाहित युवतीले बच्चा पाएको र अस्पतालमा आएर जन्मिएपछिहतार हतारमा घर लाने भन्दै देवघाटमा लगेकाले के भएको हो भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया