देशभरमा शिक्षकको अभाव छिट्टै अन्त्य हुने शिक्षामन्त्री पोखरेलकाे भनाइ

 बैशाख २७, २०७६ शुक्रबार १७:२०:३५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - शिक्षक दरबन्दी मिलान विधेयक संसदमा पेश भएकोले चाँडै नै देशका शिक्षालयमा रहेको शिक्षकहरुको अभावको अन्त्य हुने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएङ्काे छ।

शुक्रबार महोत्तरीकाे खयरमारामा आयोजित निर्मल लामाको स्मृति दिवसको अवसरमा आयोजित समारोहमा मन्त्री पोखरेलले यस्ताे बताउनुभएकाे हाे । शिक्षक दरबन्दी मिलान विधेयक राष्ट्रियसभामा पेश भएकोेले त्याे पारित भएलगत्तै दरबन्दीकाे समस्या समाधान हुनेमा मन्त्री पोखरेल विश्वस्त हुनु भएको छ ।

कार्यक्रममा मन्त्री पोखरेलले निर्मल लामाको योगदान समाजमा अविस्मरणीय रहेकोले उनकै नाममा प्रदेश नं. २ स्तरीय प्राविधिक शिक्षालय खयरामारामा निर्माण गर्ने प्रक्रिया अघि बढिसकेकोे स्पष्ट पार्नुभयाे । मन्त्री पोखरेलले वर्तमान समयसापेक्ष शिक्षामा सुधार एवम गुणस्तर प्रदान गर्नका लागि शिक्षकहरुलाई आग्रह पनि गर्नुभयाे ।

विद्यार्थीको गुुणस्तरमा सम्झौता हुन नसक्ने भन्दै मन्त्री पोखरेलले शिक्षालाई सिप र समग्र विवेकसँग गाँस्नुपर्नेमा जोड दिनुभयाे । उहाँले विद्यालयमा रहेका कमजोर विद्यार्थी पत्ता लगाएर अभिभावकसँग छलफल गरी विद्यार्थीकाे स्तर बढाउनुपर्ने सुझाव पनि दिनुभयाे ।

कार्यक्रममा गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले शिक्षामा गुणस्तरका लागि समयमै भौतिक पूर्वाधार तथा शिक्षक व्यवस्थापन गर्न मन्त्री पाेखरेललाई आग्रह पनि गर्नुभयाे ।

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया