हावाहुरी पीडितका लागि प्रदेश १ सरकारद्वारा एक करोडको चेक हस्तान्तरण

 बैशाख ३०, २०७६ सोमबार १५:१८:४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – बारा र पर्साको हावाहुरी पीडितका लागि प्रदेश १ सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक साेमबार हस्तान्तरण गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गर्नुभएको हो ।   

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा सानो सहयोग गरेको बताउनुभयो । उहाँले विपतका समयमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको मुख्यमन्त्री राइको भनाइ छ ।

चेक ग्रहण गर्दै प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ को सहयोग प्रति आभार प्रकट गर्दै देश संघीय संरचनामा गएपछि प्रदेश-प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताउनु भयो ।

चैत्र १७ गते बारा पर्सामा भएको भीषण हावाहुरीमा २९ जनाको ज्यान गएको थियो भने सयाैं मान्छे घाइते भएका थिए । यस्तै करोडाैँ रुपैयाँ बराबर धनमालको क्षति भएको थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया