असुरक्षित गर्भपतनपछि १३ वर्षीया बालिका गम्भीर

 जेठ १, २०७६ बुधबार २०:७:१३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्ज उपमहानगरपालिका–१० की एकजना १३ वर्षीया  बालिका असुरक्षित गर्भपतन गराएपछि गम्भीर बिरामी परेकी छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गस्तीकाक्र ममा बालिका  रोइरहेको भेटेपछि घटना सार्वजनिक भएको हो । असुरक्षित गर्भपतनपछि घरमै गम्भीर अवस्थामा रहेकी बालिकाका अभिभावकलाई सम्झाइबुझाई गरी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले बताउनुभयो ।  

भेरी अञ्चल अस्पताल नेपालगञ्ज हुँदै हाल शिक्षण अस्पताल कोहलपुरको आईसीयूमा बालिकाको उपचार भैरहेको छ । प्रहरीले बालिकालाई एबी नेगेटिभ रगत आवश्यक परेको जनाएको छ ।  बालिकाको जीवनरक्षालाई पहिलो प्राथमिकता दिएका कारण अन्य विषय अनुसन्धानकै क्रममा रहेको एसपी पौडेलले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत बालिकाको पेटमा रहेको गर्भलाई आफै गर्भपतन गर्न खोजेकी थिइन् । गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव भएको हो ।  बालिकाले गर्भ फाल्न गर्भपतन गराउने औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुन पुगेको थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया