विश्वकप क्रिकेट : बलियो दाबेदारी प्रस्तुत गर्दै वेस्ट इण्डिज

 जेठ ६, २०७६ सोमबार १४:९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

टी–२० विश्वकप जितेको वेस्ट इण्डिज आसन्न विश्वकपको दावेदार त होइन तर पनि उसको प्रदर्शनले धेरै टिमलाई अप्ठेरो भने पक्कै पर्नेछ ।

१९७५ र १९७९ मा लगातार २ पटक विश्वकप जितेको वेस्ट इण्डिज त्यसयता ट्रफीको स्वाद चाख्न पाएको छैन । पछिल्लो केही वर्ष खेलाडी र वेस्ट इण्डिज क्रिकेट बोर्डकाबीचमा देखिएको विवादले खेलाडीको प्रदर्शनमा पनि असर परेको छ ।

तर यस पटक विश्वकपको टिम घोषणा गर्दा अनुभवी खेलाडीहरुलाई पनि स्थान दिइएकाले त्यसको सकारात्मक प्रभाव पर्ने क्रिकेट विश्लेषकहरुले अनुमान छ । वेस्ट इण्डिजमा आक्रामक पारी खेल्ने खेलाडीको कमि पनि छैन ।

रोचको प्रदर्शन : ८५ एकदिवसीय क्रिकेटमा ११५ विकेट लिएर रोचले सनसनी मच्चाएका छन् । १५० किमी प्रतिघण्टाका दरले बल फाल्ने रोचको सामना गर्न ब्याट्सम्यानलाई हम्मे हम्मे पर्ने छ । इंग्ल्याण्डको पीचमा उनको बलिङले उत्कृष्ट लय समात्ने अपेक्षा गरिएको छ ।

ओशान थोमस : ओशान थोमसले धेरै खेल खेलेका छैनन् । उनले जम्मा ८ एक दिवसीय क्रिकेट खेलेर १५ विकेट लिँदै आफूलाई उत्कृष्ट बलरको रुपमा सिद्ध गरेका छ । उनको बलिङ गति पनि १४५ किमी प्रतिघण्टा भएकाले उनी पनि इंग्ल्याण्डको पीचमा घातक हुन सक्ने अपेक्षा गरिएको छ ।

तर विश्वकप अघि अन्तिम सिरिज बंगलादेशसँग वेस्टइण्डिजले गुमाएको छ । यसको मनोबैज्ञानिक असर टिममा पर्न भने सक्नेछ । मोसादेक होसेन र सोम्य सरकारको अर्धशतकीय पारिले फाइनलमा बंगलादेश विजयी भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया