बैतडीमा एकैघरका तीन जनाको जलेर मृत्यु

 जेठ ९, २०७६ बिहिबार ९:२०:१० | जयराज अवस्थी
unn.prixa.net

बैतडी – पुर्चौडी नगरपालिका–५ कुवाकोट स्थायी घर भई पुर्चौडी नगरपालिका –७ बसपार्कमा टहरा बनाएर बस्दै आएका एकैघरका तीन जनाको जलेर ज्यान गएको छ ।  

ज्यान गुमाउनेमा अन्दाजी ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती वृन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका प्रहरीले जनाएको छ । 

बुधबार राति खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो सल्केर आगलागी हुँदा लुहार परिवारको ज्यान गएको हो । बुधबार राति पौने १० बजेतिर आगो लागेको तर लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताउनुभयो । प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेका थिए ।

मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ वर्ष यता बसपार्कमा टहरो बनाएर बस्दै आएका पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर वोगटीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटिएको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया