स्याङ्जाका कलाकारहरुले गरे लाेकदाेहाेरी प्रतिष्ठानलाई ५१ हजार रुपैयाँ सहयोग

 जेठ १७, २०७६ शुक्रबार १८:४०:२७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

काठमाण्डौं - स्याङ्जाका कलाकारहरुको साझा संस्था स्याङ्जा स्रष्टा सदनले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवन निर्माणका लागि  ५१ हजार १ सय ५ रुपैया सहयोग गरेको छ ।

स्याङ्जा स्रष्टा सदनको शुक्रबार बसेको दोस्रो बैठकले भवन निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको सदनका महासचिव घनश्याम रिजालले जानकारी दिनुभयो । 

सदनले शुक्रबार नै भवन निर्माण स्थलमा पुगेर प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीलाई नगद हस्तान्तरण गरेको महासचिव रिजालले जानकारी दिनुभयो । नगद हस्तान्तरणका लागि सदनका वरिष्ठ उपाध्यक्ष पशुपति शर्मासहितको टोली भवन निर्माण स्थल काठमाण्डौकाे धापासी पुगेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया