रंगेली–कानेपोखरी हुलाकी सडक: पुलकाे काम नसकिँदै कालोपत्रे सुरु

 जेठ १९, २०७६ आइतबार १७:३६:२२ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - रंगेली नगरपालिका–९,फार्साडाँगी चोकबाट उत्तर कानेपोखरी चोक जोड्नलाई ठेकेदार कम्पनीले सडक कालोपत्रे गर्न सुरु गरेको छ ।

पहिलो पटक फार्साडाँगी चोकबाट उत्तर कानेपोखरी चोकसम्म १५ दशमलव ४४ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का लागे अनुसार काम सुरु भएकाे हो ।मोरङको कानेपोखरी रंगेली सडक-खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ गेउरिया पुल भने अझै  अलपत्र छ ।

२०७१ सालमा फिचर एन्ड सराउद्दिन जेबीले १ करोड १८ लाख रुपैयाँ ठेक्कामा काम सुरु गरेको थियो तर पुलको ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडेर ठेकेदार भागेपछि स्थानीय  निरास भएका छन् ।

वडा नम्बर-२ का वडाध्यक्ष सुशील बुढाथोकीले पुलको काममा भइरहेको ढिलाइको बारेमा  सडक विभाग, प्रदेश सरकार र केन्द्र सरकारलाई बारम्बार  जानकारी गराउँदासमेत सुनुवाइ नभएको बताउनुभयाे । लामा डाँफे द कन्चनजंघा कन्स्ट्रक्सनले रंगेली–कानेपोखरी सडकको कालोपत्रे गर्ने काम सुरु गरिसकेको छ । तर गेउरीया पुल नबन्दा सडक कालोपत्रे भएको कुनै अर्थ नहुने स्थानीयको भनाइ छ।

७ मिटर चौडा कालोपत्रेमा ४० मिलिमिटर मोटाे पिच हुने भएको  हो  । पिच गरिने दायाँ बायाँ २ मिटर ग्राभेल लगाइसकेको छ । पहिलो पटक १५.४४ किलोमिटर कालोपत्रे जेठ मसान्तभित्र सक्ने योजना रहेको लामा डाँफे द कन्चनजंघा कन्स्ट्रक्सनका याेजना प्रमुख प्रविण शेर्पाले बताउनुभयाे । वर्षायाम सुरु भएपछि काम गर्न असहज हुने भएकोले पहिलो चरणको काम शुरु भएको उहाँले बताउनुभयाे ।

२०७४ असार ६ गते कामको जिम्मा पाएको लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भए पनि समयमा नै काम सम्पन्न हुने छाँट देखिएको छैन ।

कानेपोखरी–रंगेली सडक हुलाकी सडक महेन्द्र राजमार्ग जोड्ने भित्री सडक हो । २५ दशमलव ४ किलोमिटर लम्बाइको योजनामा कूल  ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयाँमा सडक निर्माणको लागि ठेक्का  सम्झौता भएको हाे । सरकारले कानेपोखरी–रंगेली सडकखण्डका सर्वसाधारणको  जग्गा अधिग्रहण गरेबापत  पाँच करोड ६ लाख ५६ हजार १६ मुआब्जा वितरण गरेको थियो ।

सबैतिर काम अन्तिम चरणमा रहेको भए पनि गेउरिया पुल निर्माणको काम पूरा नहुँदा सडक अलपत्र हुने संकेत देखिएको छ। 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया