लोकसेवाका आयुक्त फटाहा र बेइमान हुन् : मुख्यमन्त्री राउत

 जेठ २१, २०७६ मंगलबार १५:८:५२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयुक्तलाई फटाहा र बेइमान भन्दै आक्रोश पोख्नु भएको छ ।

जनकपुरमा दलित सम्बद्ध संघ संस्थाहरुले मंगलबार आयोजना गरेको प्रदेश स्तरीय दलित अगुवा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पैसा कमाउनलाई आयुक्त पदमा बसेको आरोप लगाउनु भएको छ ।

‘आयोगका आयुक्त फटहा र बेइमान छन् । पैसा कमाउन पदमा बसेका छन्’, मुख्यमन्त्री राउतले आक्रोश पोख्दै भन्नुभयो, ‘प्रदेश र प्रदेशभित्रको स्थानीय तहमा कर्मचारी पठाउने अधिकार हाम्रो हो । संविधानको धारा २२७ मा यो अधिकार ग्यारेन्टी गरेको छ । तर लोकसेवाका आयुक्त पैसा कमाउन र एउटा जाति र समुदायलाई कर्मचारीमा भर्ती गर्न बसेका छन् ।’

यो लोकसेवा आयोगको ट्रेलर मात्र भएको भन्दै मुख्यमन्त्री राउतले अधिकार प्राप्तिका लागि दलितहरुलाई आफै सशक्त हुनु पर्ने  बताउनुभयो । दलितहरु आफै सशक्त नभएसम्म अधिकार प्राप्त गर्न नसक्ने मुख्यमन्त्री राउतको भनाइ छ ।  

प्रदेश सरकार दलितमैत्री रहेको दाबी गर्दै उहाँले दलितहरुको, दलित सशक्तिकरण ऐन, छात्रवृत्ति योजना, दलित छात्रावासको निर्माण जस्ता कार्यहरुलाई अघि बढाइसकेको उल्लेख गर्नुभयो ।

सदनमा छलफलको क्रममा रहेको दलित सशक्तिकरण ऐन विश्वकै नमुना रहेको दाबी गर्नु हुँदै मुख्यमन्त्री राउतले ऐन पारित भएपछि दलितहरुको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी प्रदेश सरकारले दिने बताउनुभयो ।

अबको दिनमा दलितहरुले आफनो को र परायाको भने छुट्याउने बेला आइ सकेको जिकीर गर्नु हुँदै मुख्यमन्त्री राउतले २०४७ सालको परिवर्तन पछि दलितहरुले के पायो भन्ने प्रश्न आफै संग गर्न आग्रह समेत गर्नु भयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया