बच्चालाई धकेलेको भन्दै सलमानले लगाए सेक्युरिटीको गालामा झापड

 जेठ २३, २०७६ बिहिबार ११:३७:२८ | एजेन्सी
unn.prixa.net

सलमान खान अभिनित चलचित्र ‘भारत’ जुन ५ मा रिलिज भइसकेको छ । भर्खरै मुम्बईको एक मलमा यस फिल्मको प्रिमियर राखिएको थियो । मलमा सलमान खान पुग्ने बित्तिकै उनलाई हेर्नका लागि फ्यानहरुले चारैतिरबाट घेरेका थिए । यही भीडमा एकजना सानो बच्चासँग सेक्युरिटी गार्डले दुर्व्यवहार गरेको देखेपछि सलमान खानले ती सेक्युरिटी गार्डलाई झापड लगाएका छन् । 

यतिबेला इन्टरेटमा यही घटनाको भिडियो भाइरल भइरहेको छ । भिडियोमा मलमा सलमानलाई हेर्न फ्यानहरुको घुइँचो लागेको छ । भीडलाई हटाउँदै सेक्युरिटी गार्डहरु बाटो बनाइरहेका छन् । त्यसैबीच सलमानले सेक्युरिटीमा खटिएका एक जना गार्डलाई झापड लगाइदिएका छन् । 

भीडमा रहेका ती साना फ्यानलाई सेक्यूरिटी गार्डले ध्यानै नदिएर धकेलेपछि  सलमान खानले रिसले सेक्यूरिटी गार्डको गालामा झपड लगाइदिएका हुन् ।

सलमान खानका फ्यानले यो घटनाको भिडियो रेकर्ड गरेर सार्वजनिक गरेका हुन् । साथै फ्यानहरुले सलमानको प्रशंशा गर्दै सलमानको मन धेरै ठूलो रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा यतिबेला यो भिडियोलाई लिएर विवाद सुरु भएको छ । एक पक्षले सलमान खानले आफ्ना फ्यानका लागि गरेका यो व्यवहारको प्रशंसा गरिरहेका छन् भने अर्को पक्षले उनको यो व्यवहार गलत भएको बताएका छन् ।

सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘भारत’ले रिलिज भएको पहिलो दिनबाटै दर्शक तथा फिल्म समिक्षकको राम्रो साथ पाइरहेको छ । यस फिल्ममा सलमान खानसँगै कट्रिना केफ, दिशा पटानी, सुनील ग्रोवर, ज्याकी श्राफ तब्बुलगायतका कलाकारको अभिनय रहेको छ । 

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया