स्तराेन्नतिका लागि तुम्लिङ्गटार—हिले सडकखण्ड दैनिक ९ घण्टा बन्द

 जेठ २३, २०७६ बिहिबार १४:१८:२६ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभा र धनकुटाको हिले जोड्ने तुम्लिङ्गटार–हिले सडकखण्ड दैनिक ९ घण्टा सडक बन्द गरेर स्तरोन्नति गर्ने काम सुरु भएको छ ।

गएको जेठ १५ गतेदेखि दुई महिनासम्म दैनिक ९ घण्टा बन्द गरेर सडक मर्मतको काम भइरहेको हाे । दैनिक बिहान ७ बजेदेखि ११ बजे र दिउँसो १ बजेदेखि ६ बजेसम्म सडक बन्द रहने तुम्लिङ्गटार सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर सुरजहरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार, तुम्लिङ्गटार हुँदै धनकुटाको हिले निस्कने सडकखण्ड अन्तर्गत सभाखोलाबाट लेगुवा निस्कने बीचको अक्करको बाटोको चौडाइ तीन मिटर मात्रै भएकाले बढाउने काम भइरहेको हाे । 

सडक चौडा र मर्मत गर्ने काम रौताहा सन्तोषी जेभीले गरिरहेको छ । दैनिक ९ घण्टा बन्द गरेर सडक चौडा पार्नेबारे सरोकारवाला सबैमा जानकारी गराइ काम सुरु गरिएको तुम्लिङ्गटार सडक डिभिजन कार्यालयले जनाएको छ । तुम्लिङ्गटारको सभाखोला हुँदै लेगुवादेखि हिलेसम्म निस्कने सडकखण्ड कच्ची र साँघुराे भएका कारण स्थानीयले सास्ती भाेग्दै आउनुपरेकाे छ ।

यो सडक संखुवासभाबाट धरान, धनकुटा, विराटनगर र काठमाण्डौ जाने मुख्य सडक हो । 
अहिले तुम्लिङटारदेखि हिले निस्कने सडकखण्ड मर्मतको लागि बन्द भएपछि तुम्लिङटारबाट चैनपुर—मुडेशनिश्चरे हुँदै हिले निस्कने सडकखण्ड प्रयोग भइरहेको छ । 

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया