अझै छ सलमानकाे 'स्टारडम', 'भारत' ले कमायाे पहिलाे दिनमै ४२ कराेड

 जेठ २३, २०७६ बिहिबार १६:८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘भारत’ जून ५ अर्थात् मा इदको अवसरमा प्रदर्शित भैसकेको छ । चलचित्र प्रदर्शन भएकै दिन सलमानका फ्यान तथा समीक्षकले ‘भारत’ सलमानको अहिले सम्मकै उत्कृष्ट फिल्म रहेको बताएका थिए । 

यही सन्दर्भमा चलचित्रको पहिलो दिनको कमाइ पनि सार्वजनिक भएको छ । ‘भारत’ ले पहिलो दिनमा नै ४२.३० करोड भारु कमाउँदै सलमान खानको करियरमै सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ । 

यस अघि सन् २०१५ मा रिलिज भएको चलचित्र ‘प्रेम रतन धन पायो’ ले पहिलो दिनमा ४०.३५ भारतीय रुपैयाँ करोड कमाएको थियो । त्यस्तै ‘टाइगर जिन्दा हे’ ले ३४.१० करोड भारतीय रुपैयाँ र ‘सुल्तान’ ले ३६.५४ करोड भारतीय रुपैयाँ कमाएका थिए । 

सलमान खानको ‘भारत’ चलचित्र बलिउडमा अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने दोस्रो ठूलो ओपनर बनेको छ । यसअघि आमिर खानको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ ले पहिलो दिनमा ५२.२५ करोड भारु कमाइ गर्दै पहिलो दिनमा सर्वाधिक कमाउने चलचित्रको पहिलो स्थानमा छ । 

यस्तै सन् २०१९ मा पहिलो दिनमा सर्वाधिक कमाइ गर्ने चलचित्रको रुपमा भारत बनेको छ । यो वर्ष प्रदर्शनमा आएका चलचित्रहरु मध्ये पहिलो दिन ‘कलंक’ ले २१. ६० करोड भारु, ‘केसरी’ ले २१.०६ करोड भारु, ‘गली ब्वाय’ ले १९.४० र ‘टोटल धमाल’ ले १६.५० करोड भारु कमाएका थिए । 

चलचित्र ‘भारत’ ले सलमानको स्टारडम अहिले पनि पहिलेझैँ कायम रहेको कुरालाई प्रमाणित गरिदिएको छ । समीक्षकहरुले आईसीसी क्रिकेट विश्व कपले सलमानको यो चलचित्रको व्यापारलाई प्रभावित गर्न सक्ने अनुमान गरेका थिए । 

साथै यस अघि आमिर खानको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ र शाहरुख खानको ‘जीरो’ बक्सअफिसमा फ्लप भएसँगै अब बलिउडका तीन शाहरुख, आमिर र सलमानको समय गएको पनि चर्चा भयो तर सलमानको स्टारडमलाई भने त्यसले कुनै असर पार्न सकेन ।

चलचित्र ‘भारत’ मा सलमान खानको एउटा डायलग : ‘यो सिंह बूढो अवश्य भएको छ तर शिकार गर्न अझै बिर्सिएको छैन’ भन्ने कुरा सलमानको वास्तविक जीवनमा पनि लागू भएको चर्चा पनि भैरहेको छ । 

चलचित्र ‘भारत’ को कथा चर्चित कोरियन चलचित्र ‘ओड टू माइ फादर’ बाट लिइएको हो । यो चलचित्रमा सन् १९४७ देखि २०१० सम्मको एक सामान्य व्यक्तिको जीवन यात्रालाई देखाइएको छ । सलमान खान युवा अवस्थादेखि ७० वर्षीय सेतै कपाल फुलेको बूढो व्यक्तिसम्मको विभिन्न पाँचवटा अवतारमा देखिएका छ । 

सलमानसँगै चलचित्रमा अभिनेत्री कट्रिना केफ, सुनील ग्रोवर, दिशा पाटनी, ज्याकी श्राफको पनि महत्वपूर्ण भूमिका रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया