अमिताभ बच्चनको ट्विटर ह्याक गर्दै ह्याकरले लेखे ‘आई लभ पाकिस्तान’

 जेठ २८, २०७६ मंगलबार १४:५:२३ | एजेन्सी
unn.prixa.net

बलिउड महानायक अमिताभ बच्चनको ट्विटर अकाउन्ट सोमबार राति ह्याक भएको थियो ।

बच्चनको अकाउन्ट पाकिस्तानी टर्किश ह्याकर ग्रुप अइयल्दिज टिमले गरेको थियो । ह्याकरले अमिताभ बच्चनको अकाउन्ट ह्याक गरेर पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर प्रोफाइलमा राखेका थिए ।  साथै क्याप्सनमा ‘आई लभ पाकिस्तान’ लेखेका थिए ।

साथै ती ह्याकरले ट्वीट गर्दै लेखेका थिए, ‘यो संसारका लागि ठूलो सन्देश हो । हामी तुर्की फुटबलर्सको तर्फबाट आइसल्याण्डको अनादरपूर्ण व्यवहारप्रति खेद प्रकट गर्दछौँ । हामी विनम्रताका साथ ठूलो कदम उठाइरहेका छौँ । हामी यहाँ तपाईँलाई यस ठूलो साइबर आक्रमणका बारेमा जानकारी दिइरहेका छौं । अइयल्दिज टिम टर्किश साइबर आर्मी ।’ ह्याकरहरले भारतीय मुस्लिमहरुसँग समर्थन गर्न माग गरेका थिए । ह्याकरहरुले भारतीय मुस्लिमहरुसँग आफ्नो ग्रुपलाई समर्थन गर्न अपिल गर्दै लेखेका थिए ‘हामी तपाईहरुको समर्थनको प्रतिक्षा गरिरहेका छौँ ।’ 

तर अहिले भने बच्चनको ट्वीटर रिकभर भइसकेको छ । साथै ह्याकरले गरेका सबै ट्वीट डिलिट गरिएको छ ।  अकाउन्ट रिकभर भएपछि अमिताभले दुई वटा नयाँ ट्वीट र दुई वटा रिट्वीट गरिसकेका छन । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया