विधयेकहरु परिमार्जन भएर नै पारित हुन्छन्: नेकपा अध्यक्ष दाहाल

 जेठ २९, २०७६ बुधबार १६:४७:२० | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल फाेटाे

चितवन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले विधयेकहरु परिमार्जन भएर नै पारित हुने बताउनुभयो । 

बुधबार प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले गृहकार्य र तयारीविना नै आएको विधेयक परिमार्जन भएर नै पारित हुने बताउनुभएको हो ।

‘संसदमा पेश भएका र हुन लागेका विधेयकहरुको पूर्ण तयारी नभएकोले विरोध भएको छ, गुठी, सञ्चार क्षेत्रलगायतका विधेयकहरु ल्याउँदा सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसँग सुझाव लिनुपर्छ,’ उहाँले भन्नुभयो । विधेयक ल्याउनका लागि जुन गृहकार्य हुनुपर्थ्याे र त्यो हुन नसक्दा असहमति जुटेको अध्यक्ष दाहालले बताउनुभयाे । 

विवादमा रहेका विधयेकमा केही कमी देखिएको र आउँदा दिनमा यस्ता विधयेकमा प्रर्याप्त छलफल गरेर सहमति जुटाउनेतर्फ सरकार र पार्टी सतर्क रहेको जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया