कपिलदेवकाे जीवनीमा आधारित चलचित्रमा दीपिका पादुकाेणकाे पारिश्रमिक १४ करोड

 जेठ ३१, २०७६ शुक्रबार २०:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

 दीपिका पादुकोण र रणविर सिंंहको जोडी एक पटक फेरि दर्शकमाझ आउने भएको छ ।

दीपिकाले हालै पति रणविर सिंंहको फिल्म ‘८३’ साइन गरेकी छिन् । कबीर खानको निर्देशनमा बनिरहेको यस फिल्ममा रणविर सिंंहले भारतीय क्रिकेटर कपिल देवको भूमिका निर्वाह गरिरहेका छन् । दीपिका पादुकोणले यस फिल्ममा कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निर्वाह गर्नेछिन् । 

खबरहरुका अनुसार यस फिल्ममा अभिनय गर्नका लागि निर्माताहरुले दीपिकालाई करोडौं रुपैयाँ पारिश्रमिक दिएका छन । यस अघि दीपिका यस फिल्मको छोटो भूमिकामा अभिनय गर्न तयार थिइन् ।

तर पछि निर्माताहरुले दीपिकालाई १४ करोड रुपैयाँको ठूलो रकम पारिश्रमिक दिने प्रस्ताव राखेपछि दीपिकाले यो फिल्म साइन गरेकी छिन् । 

दीपिका आफैँले भारतीय मिडीयासँगको कुराकानीका क्रममा फिल्म ‘८३’ मा आफूले क्रिकेटर कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निर्वाह गर्ने बताएकी थिइन् । आफ्नो भूमिकाको लागि अब दीपिका कपिल देवकी श्रीमती रोमी भाटिसँग केही समय बिताउने छिन् ।

दीपिकाले भनेकी छिन्, ‘मैले उहाँलाई कैयौँ पटक भेटिसकेकी छु । मेरो विवाहको रिसेप्सनमा पनि र अन्य सामाजिक कार्यक्रममा पनि हाम्रो कुराकानी भएको छ । कैयाैँ कुराहरु उहाँले मसँग सेयर गर्नुभएको छ । जुन कुराहरु मेरो भूमिकाको लागि सहयोगी बन्न सक्छन् । मेरो परिवार र उहाँबीच वर्षौंदेखिको चिनजान छ । म आशा गर्छु कि फिल्ममा मैले गरेको कामले उहाँ खुसी हुनुहुनेछ । म फिल्मको काम सुरु हुनुअघि केही सयम उहाँसँगै बिताउनेछु जसले गर्दा म फिल्ममा उहाँको भूमिका अझै राम्ररी निर्वाह गर्न सक्छु ।’ 

रणविर सिंंह यतिबेला फिल्म ‘८३’ को छायांकनका लागि बेलायतमा छन् । फिल्म ‘८३’ स्पोर्ट्स ड्रामा हो । सन् १८८३ मा भएको क्रिकेट विश्वकपमा वेस्ट इण्डिजविरुद्ध भारतले पहिलो पटक ऐतिहासिक जीत हासिल गरेको थियो ।

यो फिल्म २०२० को अप्रिल १० मा रिलिज हुनेछ । फिल्ममा रणविर सिंंह, दीपिका पादुकोणसँगै हार्डी सन्धु, चिराग पटेल, साकिब सलीम, पंकज त्रिपाठी लगायतका कलाकारको अभिनय रहनेछ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • PBKPAUL

    June 15, 2019, 9:41 p.m.

    Dear Ujjyalo Kapildev won criket on 1983 on 1883.

  •  0 Reply

तपाईको प्रतिक्रिया