अज्ञात समूहद्वारा सल्यानमा वडा कार्यालयमा आगजनी, सम्पूर्ण सामान जलेर नष्ट

 असार ३, २०७६ मंगलबार १०:१५:२१ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – अज्ञात समूहले सल्यानकाे एक वडा कार्यालयमा आगजनी गरेको छ। छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा साेमबार राति आगजनी भएको हो ।

आगजनीबाट छत्रेश्वरी गाउँपालिका –३ मुलखोलामा रहेको वडा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन्।

अज्ञात समूहले लगाएको आगोबाट कार्यालयमा रहेका सम्पूर्ण कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपि मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट लगायत त्यहाँ रहेका सम्पुर्ण सामना जलेर नष्ट भएको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली पुगेको छ । घटनाको अनुसन्धान भैरहेको र थप विवरण आउन बाँकी रहेको लुहाम प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया