विश्वकपमा यी चार मध्येबाट हुन सक्छन् सर्वोत्कृष्ट खेलाडी !

 असार ५, २०७६ बिहिबार ११:१९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्ड र वेल्समा जारी आईसीसी विश्वकप क्रिकेटको आधा खेल सकिएका छन् । जसमा अहिलेसम्म न्यूजिल्याण्ड र भारत मात्रै अपराजित रहेका छन् ।

विश्वकपको मध्यभागमा आइपुग्दा यो विश्वकपमा सर्वाेत्कृष्ट खेलाडी  को होला भन्ने अड्कलबाजी सुरु भएको छ । आज हामी यी चार खेलाडीको बारेमा चर्चा गर्दैछौं ।

१. एरोन फिन्च : अस्ट्रेलिया

अस्ट्रेलियाका कप्तान एरोन फिन्च जारी विश्वकपमा उत्कृष्ट लयमा छन् । भारतविरुद्धको खेलमा पराजित हुनु बाहेक बाँकी चार खेज जितेको छ । फिन्चले यस विश्वकपमा श्रीलंकाविरुद्ध १५३ रनको सानदार पारि खेले भने पाकिस्तानविरुद्ध ८२ रनको योगदान गरे । जारी विश्वकपमा उनले ५ इनिङ्समा ३४३ रन बनाइसकेका छन् ।

२. रोहित शर्मा : भारत

भारतीय टिमका ओपनिङ ब्याट्सम्यान रोहित शर्माले राम्रो क्रिकेट खेलिरहेका छन् । अहिलेसम्म तीन वटा खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । दक्षिण अफ्रिकाविरुद्ध १२२ रन बनाए भने अस्ट्रेलियासँग ५७ रनको योगदान गरे । पाकिस्तानविरुद्धको खेलमा १४० रन बनाउँदै सनसनी मच्चाएका थिए । अहिलेसम्म उनले ३ म्याचमा ३१९ रन जोडेका छन् ।

३. जोय रुट : इंग्ल्याण्ड

विश्वकप २०१९ मा घरेलु टोली इंग्ल्याण्डका जोय रुटले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । ४ इनिङ्समा २७९ रन बनाएका रुटलाई पनि म्यान अफ द सिरिजको दावेदारका रुपमा हेरिएको छ । उनले २ विकेट पनि लिएका छन् ।

४. शकिब अल हसन : बंगलादेश

बंगलादेशका अलराउण्डर शकिब हल हसनको प्रदर्शन पनि तारिफ योग्य नै छ । उनले अहिलेसम्म ३१० रन बनाएका छन् भने ५ विकेट पनि हात पारेका छन् । उनले यस्तै प्रदर्शन कायम राख्न सके उनी पनि म्यान अफ द सिरिज हुन सक्छन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया