विराटनगरमा अनलाइन मिडियाकाे विश्वसनीयताका कुरा

 असार ८, २०७६ आइतबार २०:३१:१९ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अनलाइन मिडियाले गुणस्तरीय  एवं विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएकाे छ ।

आइतबार विराटनगरमा अनलाइन मिडिया समूह, प्रदेश नं-१ ले आयोजना गरेको ‘संङघीय, प्रदेश र स्थानीय तहको विकास समृद्धमा छिटो सूचनाको लागि अनलाइन मिडियाहरुको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री घिमिरेले अनलाइन मिडिया व्यवसायिक पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयाे ।

उहाँले प्रदेश सरकारले पत्रकारिताको विकासका लागि तयार रहेको भएपनि त्यसका लागि पत्रकारिता विश्वसनीय हुनु पर्ने बताउनुभयाे । मन्त्री घिमिरेले आउँदाे १० वर्षभित्र प्रदेशभित्र सबै सामुदायिक विद्यालयहरुबाट झोला, किताब विस्थापित गर्ने जानकारी दिनुभयाे । उहाँले झोला हटाउने अभियान प्रदेश सरकारबाट शुरु भइरहेको जानकारी दिँदै १० वर्षभित्रमा अधिकांश विद्यालयबाट झोला र किताब विस्थापित हुँदै अनलाइन र कम्प्युटरको माध्यमबाट पढाइ हुने जानकारी दिनुभयाे ।

नेपाल पत्रकार महासंघ प्रदेश महासचिव विवेक गौतमले अनलाइन मिडियालाई सरकारले कानुन निर्माण गरी अनुगमन गर्नुपर्नेमा जोड दिनुभयाे ।

समूहका संयोजक तेजेन्द्रबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नविन रिजालले अनलाइनको भविष्य उज्वल रहेको र यसले सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा सहभागी अनलाइन सञ्चारकर्मीहरुले प्रदेश सरकारले दर्ता भएका अनलाइन मिडियालाई सहयोग प्रदान गर्नुपर्ने माग गरे । कार्यक्रममा मोरङ व्यापार संघ र उद्योग संगठनले संयुक्त रुपमा समूहलाई २५ हजार रुपैयाँ सहयोग प्रदानकाे घोषणा गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया