अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
भारतको बरौनीमा पाइपभित्र तेल हालेपछि क्षणभरमै नेपालको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको ट्यांकीमा खस्न अब केही साता मात्रै बाँकी छ ।
बरौनीदेखि पटना हुँदै मोतिहारीसम्म भारतले आफ्नो लागि पहिले नै पेट्रोलियम पाइपलाइन बनाइसकेको थियो । अहिले नेपालकै लागि भनेर भारतले मोतिहारीदेखि रक्सौल हुँदै अमलेखगञ्जसम्म ७० किलोमिटरमा पाइपलाइन बिच्छाइसकेको छ ।
झण्डै ४ अर्ब रुपैयाँ लगानीको यो आयोजनाको काम सकिएर अब एक महिनाभित्रै पाइपबाट भारतको तेल नेपाल आउनेछ ।
नेपालका धेरै आयोजना वर्षौसम्म अलपत्र पर्दै आएको सन्दर्भमा नेपाल भारतबीचको ७० किलोमिटर लामो पेट्रोलियम पाइपलाइनको काम सुरु भएको १५ महिनामै सकिनुलाई एउटा सुखद घटना मान्न सकिन्छ ।