इंग्ल्याण्डविरुद्धको खेलमा नयाँ जर्सीमा उत्रिनेछ भारतीय क्रिकेट टिम

 असार १४, २०७६ शनिबार ७:२५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतीय टिम आइतबार इंग्ल्याण्डविरुद्धको महत्वपूर्ण खेलमा नयाँ जर्सीका साथ मैदानमा उत्रिने भएको छ । 

भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले शुक्रबार भारतीय टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ । केही हप्तादेखि सामाजिक सञ्जालमा भारतीय टिमको वैकल्पिक जर्सीका बारेमा चर्चा भैरहेको थियो । बीसीसीआईका अनुसार आइतबार इंग्ल्याण्डविरुद्धको खेलमा भारतीय टिम सुन्तला रंगको नयाँ जर्सीमा मैदानमा उत्रिनेछ ।

फुटबल प्रतियोगितामा झैँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले क्रिकेटमा पनि उस्तै–उस्तै जर्सी लगाउन नदिने भएको छ । त्यसैले क्रिकेटमा होम एण्ड अवेका आधारमा टिमले जर्सी लगाउन पर्नेछ । इंग्ल्याण्ड आयोजक भएकाले पुरानै जर्सीमा खेल्नेछ भने भारतीय टिम सुन्तला रंगको जर्सीमा खेल्नेछ ।

जर्सीमा विवाद

भारतीय क्रिकेट टिमको नयाँ जर्सीका बारेमा भारतीय राजनीतिक वृत्तमा ठूलै चर्चा र विवाद भैरहेको छ ।  विपक्षी राजनीतिक पार्टीहरुले भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय क्रिकेट टिमको जर्सी पार्टीकै ब्राण्ड कलर ‘गेरु’ बनाएको आरोप लगाएका छन् ।

तर आईसीसीका अनुसार भने बीसीसीआईले कुनै राजनीतिक विचारधारा नबोकी इंग्ल्याण्डको जर्सीभन्दा अलग देखिन आफूहरुले सुन्तला रंग छानेको बताएको छ ।

भारतीय बलिङ प्रशिक्षक भरत अरुणले पनि वेष्ट इण्डिजसँगको खेलअघि बुधबार आफूहरुले इंग्ल्याण्डविरुद्धको खेलमा कस्तो जर्सी लगाउने भन्ने थाहा नभएको बताएका थिए ।

जारी विश्वकपमा भारत एक मात्र अपराजित टाेली हाे । ६ खेलबाट ११ अंक प्राप्त गरेकाे भारतलाई सेमिफाइनलमा पुग्न बाँकी ३ खेलमा एक खेल मात्रै जिते पुग्छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया