विश्वकप क्रिकेट : अफगानिस्तालाई हराउँदै पाकिस्तान शीर्ष ४ मा

 असार १४, २०७६ शनिबार २२:५७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले हराएको छ । जितसँगै पाकिस्तानले सेमिफाइनलको सम्भावना पनि बलियो बनाएको छ । यसका साथै पाकिस्तान पहिलो पटक शीर्ष चारमा उक्लिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो ।

अफगानिस्तानका लागि असगर अफगान र नजिबुल्लाह जदनले समान ४२–४२ रन बनाएका थिए । यस्तै रहमत साहले ३५ रन जोड्दा इकरम अलिखिलले २४ रन बनाएका थिए ।

पाकिस्तानका लागि शाहीन अफ्रिदीले सर्वाधिक ४ विकेट लिँदा इमाद वसिम र वहाब रियाजले समान दुई–दुई विकेट हात पारे । जारी प्रतियोगितामा सफल बलर मध्येका एक मोहम्मद आमिर भने अफगानिस्तानविरुद्ध विकेटविहीन बनेका थिए ।

जवाफमा पाकिस्तानले ४९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । खराब सुरुवात गरेको पाकिस्तानले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर फखर जमान शून्य रनमा नै आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि इमाम उल हक र बाबर आजमबीच ७२ रनको साझेदारी भएको थियो । जसमा इमाम ३६ रनमा आउट भए । तर त्यसपछि उसले अरु दुई विकेट सस्तैमा गुमायो । बाबर आजम ४५ रनमा आउट भए भने मोहम्मद हफीज १९ रनमा पेभेलियन फर्किए ।

त्यसपछि हरिस सोहेल पनि २७ रनमा आउट आउट हुन पुगे । कप्तान सरफराज अहमद पनि १८ रनमा बाहिरिँदा पाकिस्तानले एक सय ५६ रनमा ६ विकेट गुमायो । अन्तिममा इमाद वासिम र शदाब खानले ५० रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याए । जसमा शदाब खानले ११ रन बनाए ।

त्यसपछि वहाब रियाज र वासिमले पाकिस्तानलाई जित दिलाए । जसमा वहाबले अविजित १५ रन बनाए भने वासिमले ४९ रनको योगदान गरे ।

अफगानिस्तानका लागि मुजीब उर रहमान  र मोहम्मद नाबीले दुई–दुई विकेट लिँदा राशिद खानले एक विकेट लिए ।

पाकिस्तानले ८ खेलबाट ९ अंक बनाउँदै शीर्ष चारमा पुगेको छ । अब उसले बंगलादेशसँग खेल्न बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया