एकदिवसीय क्रिकेटमा कम खेलमा ६ हजार रन पूरा गर्ने तेस्राे खेलाडी बने केन

 असार १५, २०७६ आइतबार १२:१६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजिल्याण्डका कप्तान केन विलियमसनले एकदिवसीय क्रिकेटमा ६ हजार रन पूरा गरेका छन् । उनी एकदिवसीय क्रिकेटमा ६ हजार रन बनाउने तेस्रो छिटो क्रिकेटर पनि बनेका छन् । 

एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत शनिबार अष्ट्रेलियाविरुद्ध विलियमसनले ४० रन जोड्दै यो आँकडा पार गरेका हुन् । तर न्यूजिल्याण्ड अष्ट्रेलियासँग ८६ रनले पराजित बन्न पुग्यो । २४४ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको न्यूजिल्याण्ड १५७ रनमा समेटिन पुग्यो । 

केन विलियमसनले १३९ इनिङ खेल्दै एकदिवसीय क्रिकेटमा ६ हजार रन पूरा गरेका हुन् । 

दक्षिण अफ्रिकाका हशिम अमलाले सबैभन्दा कम इनिङ खेल्दै एकदिवसीय क्रिकेटमा ६ हजार रन पूरा गरेका छन् । उनले मात्र १२३ इनिङग खेलेका छन् । त्यस्तै भारतीय कप्तान विराट कोहली दोस्रो नम्बरमा परेका छन् । कोहलीले १३६ इनिङ खेल्दै यो कीर्तिमान बनाएका थिए । 

साथै विलियमसनले न्यूजिल्याण्डको पूर्व कप्तान मार्टिन क्रोनले एक विश्वकपमा बनाएको सर्वाधिक रनको कीर्तिमान पनि तोडेका छन् । विलियमसनले यो विश्वकपमा ४९४ रन बनाइसकेका छन् ।  
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया