भरतपुरमा मतपत्र च्यात्नेलाई एक–एक लाख जरिबाना

 असार १६, २०७६ सोमबार २०:१३:३८ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल फाेटाे

चितवन – भरतपुर महानगरपालिकामा चुनावपछि मतगणनाको समयमा मतपत्र च्यातेका आरोप लागेका २ जनालाई जनही एक लाख रुपैयाँ जरिबाना हुने भएको छ । निर्वाचन कसुर सम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले २ वर्ष पछि फैसला गरेको हो । 

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाको क्रममा मतपत्र च्यातेको आरोप लागेका २ जना विरुद्ध चितवन अदालतलेसोमबार प्रत्येकलाई एक–एक लाख रुपैयाँ जरिबाना तोकेको हो । 

मुद्दा फैसला र सजाय निर्धारण भएपछि मतपत्र च्यातेको घटना अदालतबाट किनारा लागेको छ । मत पत्र च्यात्ने काममा संलग्न भएको आरोप लागेका तत्कालीन माओवादी केन्द्रका प्रतिनिधि भरतपुर १ का मधुकर न्यौपाने र भरतपुर महानगर ११ का द्रोणबाबु सिवाकोटीविरुद्ध मुद्दा दर्ता भएको थियो ।  

मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जबरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिबाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेकोमा उनीहरुलाई जनही १ लाख जरिबाना तोकिएको चितवन अदालतले जनाएको छ । 

भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना जारी रहेको बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछिको  विवाद सर्वाेच्च अदालतसम्म पुगेको थियो । महानगरका २९ वटा मध्ये २७ वटाको गणना सम्पन्न भएको अवस्थामा मत पत्र च्यातिएको थियो । वडा नम्बर २० को मतगणना बाँकी थियो । १९ नम्बर वडा जम्मा मत २८९७ रहेकोमा गणना भइसकेको १८०९ मत र गन्न बाँकी ९९८ तथा क्षति भएको ९० मतपत्र थियो । 

२०७४ वैशाख ३१ भएको निर्वाचनअन्तर्गत जेठ १४ गते राति मतपत्र च्यातिएको थियो   । २०७४ जेठ १६ गते जिल्ला प्रहरी कार्यालय चितवनले मत पत्र च्यातेको आरोपमा गिरफ्तार गरेको २ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार मुद्दा दर्ता भएपछि त्यही दिन अदालतबाट ७ दिनको म्याद थप भएको थियो । 

आयोगको नियम अनुसार सबै बदर ठहरियो । पुनः चुनाव भयो । जेठ १४ गते मध्यरातमा भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मत पत्र च्यातेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका दुई कार्यकर्ता जेठ १८ गते बिहीबार धरौटीमा छुटे । तत्कालीन न्यायाधीश बासु पौडेलको इजलासले न्यौपाने र शिवाकोटीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया