विश्वकप क्रिकेटमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा, सेमिफाइनलमा स्थान बनाउने भारतको योजना

 असार १७, २०७६ मंगलबार ९:१३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवशीय विश्वकपमा मंगलबार एसियाली छिमेकी प्रतिस्पर्धी बंगलादेश र भारत आमने सामने हुँदैछन् । यो खेल बर्मिङघमको एजबास्टोन रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । 

पछिल्लो खेलमा इंग्ल्याण्डसँग पराजित भएको भारतले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान बनाउने योजनामा छ । जारी विश्वकपमा पहिलो हारपछि भारतले आफ्ना कमजोरी सच्याउँदै उत्कृष्ट प्रदर्शन गर्ने अवसर पनि पाएको छ । 

मुख्यगरी इंग्ल्याण्डविरुद्ध उसका स्पिनरहरु प्रभावहीन भएका थिए भने मध्यक्रमका ब्याट्सम्यानले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेका थिएनन् । 

यता बंगलादेश भने इतिहासमै पहिलोपल्ट एकदिवशीय विश्वकपको सेमिफाइनलमा स्थान बनाउन लिग चरणका दुवै खेल जित्न प्रयासरत हुनेछ ।

भारतपछि लिगको अन्तिम खेलमा उसले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समान ७ खेलबाट भारको ११ अंक छ । र अंक तालिकामा दोस्रो स्थानमा छ । बंगलादेशको ७ अंक छ ।

सेमिफाइनलमा पुग्न बंगलादेशले दुवै खेल जितेर मात्र हुँदैन न्यूजिल्याण्डले पनि लिग चरणको आफ्नो अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनुपर्नेछ ।

जारी विश्वकपमा सकिव हल हसन प्रेरित बंगलादेशले ब्याटिङमा एकरुपको उत्कृष्ट प्रदर्शन गरिरहेको छ । बलिङमा केहि सुधार गर्न सके भारतलाई कडा चुनौति दिनेछ ।

विश्वकपमा बंगलादेशले भारतलाई अहिलेसम्म एक पटक हराएकाे छ । २००७ मा बंगलादेशसँग पराजित भएसँगै भारत समूह चरणाबाटै बाहिरिएकाे थियाे । भारत र बंगालदेश अहिलेसम्म ३ पटक विश्वकपमा प्रतिस्पर्धा गरेका छन् । जसमा २ पटक भारत विजयी भएकाे छ भने बंगलादेश १ पटक विजयी भएकाे छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया