विश्वकप क्रिकेट : इंग्ल्याण्ड सेमिफाइनलमा, पाकिस्तान कठिन मोडमा

 असार १८, २०७६ बुधबार २३:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ ।

न्यूजिल्याण्डलाई ११९ रनले हराउँदै इंग्ल्याण्डले अन्तिम चारको स्थान सुरक्षित गर्यो । यो नतिजाले आजको खेलमा पराजित भएको न्यूजिल्याण्डभन्दा बढी दुःखी पाकिस्तानी टिम र समर्थक बन्यो ।

आजको खेलमा न्यूजिल्याण्ड विजयी भएको भए पाकिस्तानलाई सेमिफाइनलमा स्थान बनाउने एउटा सजिलो मौका थियो । न्यूजिल्याण्डलाई हराउँदै १२ अंक जोडेको इंग्ल्याण्ड तेस्रो स्थान र न्यूजिल्याण्ड चौथो स्थानमा छन् । पाकिस्तानले अब बंगलादेशसँग खेल्न बाँकी छ । उसले बंगलादेशलाई हराए पनि रन अन्तरको आधारमा पछि पर्ने निश्चित छ ।

३०६ रनको विजयी लक्ष्यका लागि मैदानमा उत्रिएको न्यूजिल्याण्डलाई ४५ ओभरमा १८६ रन बनाएको अवस्थामा अलआउट गरेपछि इंग्ल्याण्डले अन्तिम चारको यात्रा सुरक्षित गर्यो । टस जितेर ब्याटिङ रोजेको इंल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै ३०५ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि जोनी बेयरस्टोले १०६ रनको शतकीय योगदान दिए । ९९ बल सामना गरेका उनले १५ चौका र एक छक्का प्रहार गरेका थिए । जेसन रोयले ६० रन जोड्दा ओयन मोर्गानले ४२ रन बनाए । जो रुटले पनि २४ रनको योगदान दिए । बलिङतर्फ ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्स निशमले दुई–दुई विकेट बाँढे ।

आज न्यूजिल्याण्डको ब्याटिङ पूरै ध्वस्त थियो । टम लाथमले बनाएको ५७ रन नै उसका खेलाडीले बनाएको सबैभन्दा ठूलो स्कोर थियो । रोस टेलरले २८ र केन विलियमसनले पनि २७ रनभन्दा बढी जोड्न सकेनन् । अन्यको प्रदर्शन झनै खराब रह्यो ।

न्यूजिल्याण्डलाई कम स्कोरमा रोक्नका लागि मार्क उडले तीन विकेट लिए भने क्रिश वक्स, जोफ्रा आर्चर, लियाम प्लंकेट र बेन स्टोक्सले एक–एक विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया